शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

स्वास्थ्योपचार सेवा सुचारु गर्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

बुधबार, १० असोज २०८०, १६ : ५९
बुधबार, १० असोज २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न निर्देशन दिएको छ ।

मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले प्रेस विज्ञप्ति जारी गरी आधारभूत स्वास्थ्योपचार सेवा प्राप्त गर्नु नागरिकको नैसर्गिक अधिकार भएकाले स्वास्थ्य संस्थाहरु अविच्छिन्न रुपमा सञ्चालन गर्नुपर्ने प्रस्ट पारेका छन् ।

तीन दिन यता काठमाडौँ लगायत देशका विभिन्न भागमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि शृङ्खलावद्ध रुपमा आक्रमण भएपछि आवासीय चिकित्सक आन्दोलित हुँदा ओपीडी सेवा लगायतका अन्य सेवा प्रभावित भएको छ ।

मन्त्रालयबाट जारी विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम स्वास्थ्यकर्मीको सुरक्षामा अवरोध पु¥याउने, हातपात गर्ने माथि यसै कानुन अनुसार कारबाही गर्न नेपाल सरकार पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख छ ।

ऐनमा स्वास्थ्य संस्थामा आगजनी गरे, स्वास्थ्य संस्थामा तोडफोड, वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पु¥याए, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पु¥याए, स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरे, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीहरुको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पु¥याए, स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुलाई हातपात गरे कैद तथा जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

मन्त्रालयले ऐनको उक्त प्रावधानलाई  अस्पताल परिसरमा कम्तीमा ६४४ फुटको स्थायी सूचना बोर्ड बनाई टाँस  गर्न पनि निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप