महिला बास्केटबल र ह्याण्डबलमा नेपालको लगातार दोस्रो हार
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा हार भोगेको छ । समूह ‘बी’ को लिग खेलमा बुधबार कजाकस्तानले नेपाललाई १७-१० ले हरायो ।
कजाकस्तानविरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले चार-चार अंक जोडे । गरिसा सिलवाल र रिन्छेन मोक्तानले पनि एक-एक अंक थपे । यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली जापानसँग पराजित भएको थियो । उक्त खेलमा जापान २२-४ ले विजयी भएको थियो । नेपालले समूहगत चरणको अन्तिम खेल शुक्रबार चाइनिज ताइपेईसँग खेल्नेछ ।
यसैगरी महिला ह्यान्डबलमा पनि नेपाली टोली बुधबार जापानसँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा जापानले नेपाललाई ६२-१० ले हराएको हो । यसअघि समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक चीनसँग ५७-१० ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण