महिला बास्केटबल र ह्याण्डबलमा नेपालको लगातार दोस्रो हार
_hQ0pMXOHgv.jpg)
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा हार भोगेको छ । समूह ‘बी’ को लिग खेलमा बुधबार कजाकस्तानले नेपाललाई १७-१० ले हरायो ।
कजाकस्तानविरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले चार-चार अंक जोडे । गरिसा सिलवाल र रिन्छेन मोक्तानले पनि एक-एक अंक थपे । यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली जापानसँग पराजित भएको थियो । उक्त खेलमा जापान २२-४ ले विजयी भएको थियो । नेपालले समूहगत चरणको अन्तिम खेल शुक्रबार चाइनिज ताइपेईसँग खेल्नेछ ।
यसैगरी महिला ह्यान्डबलमा पनि नेपाली टोली बुधबार जापानसँग पराजित भएको छ । समूह ‘बी’ अन्तर्गतको खेलमा जापानले नेपाललाई ६२-१० ले हराएको हो । यसअघि समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली आयोजक चीनसँग ५७-१० ले पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर