अनलाइन स्पेसलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक नीति बनाउनु पर्नेमा जोड
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अनलाइन स्पेसलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक नीति बनाउनु पर्ने आवश्यकता औंल्याएकी छिन् । उनले अनलाइनबाटै सूचना माग गर्ने अवस्थाले सार्वजनिक निकायमा सूचना माग गर्न सहज हुने धारणा राखिन् ।
विहीवार सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित अनलाइन स्पेस र सूचनाको हक ः अवसर र चुनौती विषयक गोष्ठी डिजिटल राइट्स नेपालसँगको सहकार्यमा सम्पन्न गोष्ठीमा मन्त्री शर्माले उक्त धारणा राखेकी हुन् ।
राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरूङ्गले सूचनाको हकलाई अनलाइन सिस्टममा लान सकिएमा सूचनामा पहुँच र अझ उपलब्धिमूलक बनाउन सकिने जिकिर गरे ।
कार्यक्रममा सन्तोष सिग्देलले कार्यपत्र प्रस्तुत गरेको कार्यपत्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवा र राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले टिप्पणी गरेका थिए ।
कार्यक्रममा विभिन्न सार्वजनिक निकायका सूचना अधिकारी, सूचनाको हकका अभियन्ता, पत्रकार, संघसंस्थाका प्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण