लेनदेनको विवादमा मोटरसाइकलमा आगो लगाउने महिला पक्राउ
बिहीबार, ११ असोज २०८०, १७ : ३९
बुटवल । दाङमा मोटरसाइकलमा आगो लगाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १० सौडेकुलाकी ३२ वर्षीय मीना चौधरीलाई घोराहीका विराज चौधरीको रा २ प १५९३ नम्बरको मोटरसाइकलमा आगो लगाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।
लेनदेनका विवादमा चौधरीले मोटरसाइकलमा आगो लगाएको बताइएको छ । आगो लगाएपछि प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि मोटरसाइकल पूणर्रुपमा जलेर नष्ट भएको छ ।
घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा बजेट पारित गराउन कांग्रेसको ह्विप
-
कमल पुलको बारेमा कवि सम्मेलन, उत्कृष्टलाई पुरस्कार
-
सरकारको १०० दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार
-
‘जिरो डिग्री’ तिहारमा हुने
-
तेलमा मरेको साङ्ला : न्युरोडको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण