राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विश्व सम्पदा क्षेत्रमा राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले महानगरपालिकाले बनाएको ‘नो भेहकल जोन’ पालना गरेकोमा ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।
बिहीबार वसन्तपुरमा इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरू पैदल हिँडेर गएका थिए । सोही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा शेयर गर्दै उनले उपलब्धि भएको उल्लेख गरेका हुन् ।
'सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले काठमाडौँ महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा हामीले बनाएको नो भेहकल जोन (सवारी साधन निषेधित क्षेत्र) मा सवारी साधन प्रवेश गराइदिनु भएन । उहाँहरुले जुद्ध सालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनु भो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथीहरूले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउने छ । सामान्य जस्तो लागे पनि काठमाडौँका सम्पदा संरक्षणमा यो अर्को फड्को हो’, उनले उल्लेख गरेका छन् ।
साथै उनले परिवर्तनलाई स्वीकार गरेकोमा उनले सबैलाई आभारी व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा लागु औषधसहित एक पुरुष पक्राउ
-
दक्षिणी भानुआतुमा ७.१ म्याग्निच्युडको भूकम्प
-
पूर्व माओवादीले अर्काको जग्गामा गाडेको झण्डा प्रहरीले हटायो
-
रुसी सेनामा ४ महिना काम गरेर फर्केका युवक भन्छन्–उपचारको बहाना बनाएर अस्पतालबाट भागेँ
-
दसौँ राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने
-
निर्वाचनसम्म एमाले सरकारमा भएको भए अरु पार्टीको राजनीतिक पसल बन्द भइसक्थ्यो : अध्यक्ष ओली