सुर्तीजन्य पदार्थ बेचेको आरोपमा ३७० जना पक्राउ
अङ्कारा । टर्कीए प्रहरीले अवैध ढङ्गले सुर्तीजन्य पदार्थ बेचेको आरोपमा तीन सय ७० जनालाई पक्राउ गरेको छ ।
अवैध सुर्तीजन्य पदार्थ उत्पादन गर्ने आपराधिक सङ्गठनविरुद्धको राष्ट्रव्यापी अभियानमा उनीहरूलाई पक्राउ गरिएको मन्त्रिपरिषद्का एक जना सदस्यले बताएका छन् ।
टर्कीएका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमा ‘अपरेसन फग’ अभियानमा तस्करी र सङ्गठित अपराधविरुद्धका कारबाहीमा छ सय ७२ स्थानमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको लेखेका छन् ।
बढ्दो मुद्रास्फीति र चुरोटलाई महँगो बनाउने कर वृद्धिका कारण गैरकानुनीरुपमा चुरोटलगायत सुर्तिजन्य पदार्थको तस्करी बढेको छ । टर्किएले गत डिसेम्बरमा अवैध सुर्ती उत्पादन र बिक्री रोक्न कानुनी व्यवस्थामा संशोधन गरेको थियो । संशोधित उक्त कानुनले अवैध रूपमा सुर्तीजन्य पदार्थ बिक्री गर्नेलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण