अधिकारभन्दा बाहिर गई उपचार गर्ने दुई मेडिकल सञ्चालक पक्राउ

दमौली । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा व्यास नगरपालिका–३ पराशर टोलस्थित प्रजुन थापा मेडिकल हल सञ्चालक ५२ वर्षीया विष्णु कुमारी गरौजा र अनसन चौतारास्थित मित्रता स्वास्थ्य क्लिनिकका सञ्चालक ४५ वर्षीय चन्द्रबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय, व्यास नगरपालिका, स्वास्थ्य कार्यालय, दमौली अस्पताल, जिल्ला प्रहरी कार्यालयलगायतको अनुगमन टोलीले उनीहरुलाई बिहीबार पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए।
प्रजुन थापा मेडिकल हलले क्लिनिक दर्ता गरी फार्मेसीमा बिरामी जाँच गरेको र बिरामीलाई ‘इन्जेक्सन’मार्फत उपचार गराएको प्रहरीको भनाइ छ । त्यस्तै मित्रता स्वास्थ्य क्लिनिकले डाक्टर नभएको आफैँ औषधि सिफारिस गरेको, डेङ्गु सङ्क्रमित बिरामीलाई इन्जेक्सन, ट्याब्लेट र एन्टिब्योटिक्सको माध्यमबाट उपचार गराएको प्रहरीको भनाइ छ ।
उनीहरुविरुद्ध बिहीबार नै तनहुँ जिल्ला अदालतबाट इलाजसम्बन्धी कसुरमा चार दिनको म्याद थप गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने