बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

के आयुर्वेदिक उपचारको साँच्चै कुनै साइड इफेक्ट हुँदैन ? के भन्छन् डाक्टर

शुक्रबार, १२ असोज २०८०, ०८ : ३६
शुक्रबार, १२ असोज २०८०

नेपालमा प्राचीन कालदेखि नै रोगको रोकथाम र उपचारका लागि आयुर्वेद उपचार विधि प्रयोग हुँदै आएको छ । हजारौँ वर्षदेखि प्राकृतिक औषधि र जडीबुटीबाट आयुर्वेदिक उपचार हुँदै आएको छ । कतिपयले यसलाई परम्परागत चिकित्साको दृष्टिकोणबाट हेर्छन् भने कतिपयले यसलाई विज्ञानसँग जोडेर पनि हेर्छन् । आयुर्वेदिक उपचारका सम्बन्धमा यसको कुनै साइड इफेक्ट नहुने बताइन्छ । यही कारणले गर्दा हजारौँ वर्षदेखि मानिसहरूले यसलाई प्रयोग गर्दै आएका छन् । तर के आयुर्वेदिक औषधिको कुनै साइड इफेक्ट हुँदैन भन्ने कुरा साँचो हो ? यसबारे मानिसहरू प्रायः अन्योलमा हुन्छन् ।

के आयुर्वेदिक उपचारको साँच्चै कुनै साइड इफेक्ट हुँदैन ? 

आयुर्वेदमा भनिएको छ – शरीरमा वात, पित्त र कफ दोषको सन्तुलन कायम गर्नाले रोगको सिकार भइँदैन । आयुर्वेदिक उपचारमा पनि यी कुराहरूमा ध्यान दिइन्छ । आयुर्वेद भनेको औषधिको रूपमा जडीबुटी र प्राकृतिक चीजहरू प्रयोग गरेर शरीरलाई रोगहरूबाट बचाउने विधि हो । भारतका आरोग्य स्वास्थ्य केन्द्रका आयुर्वेदिक डा. एसके पाण्डे भन्छन्, ‘आयुर्वेदमा शरीरबाट रोग हटाउन मात्र नभई शरीरलाई रोगबाट बचाउन पनि उपचार विधि प्रयोग गरिन्छ । यस विधिमा मन, शरीर र आत्मालाई स्वस्थ राख्न, जडीबुटी र प्राकृतिक औषधिको सेवनको सल्लाह दिइन्छ । सामान्यतया आयुर्वेदिक उपचार वा आयुर्वेदिक औषधिको सेवन शरीरका लागि सुरक्षित मानिन्छ तर चिकित्सकको सल्लाहबिना यसको प्रयोग गम्भीर हुनसक्छ ।’

आयुर्वेदिक औषधि आफैँ सेवन गर्नु वा यसको उच्च मात्रा शरीरका लागि निकै गम्भीर हुन सक्छ । यसै कारण तपाईंले धेरै गम्भीर समस्याहरूको सामना गर्नुपर्ने हुनसक्छ । आयुर्वेदिक औषधिको कारण तपाईंलाई पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी लाग्ने जस्ता समस्या पनि हुन सक्छ । तर आयुर्वेदिक औषधिको प्रयोगमा कुनै हानि हुँदैन भन्ने धेरै सुन्ने गरिन्छ । तर आयुर्वेदिक औषधि सेवन गर्दा हानि हुँदैन भन्नु गलत हुनेछ ।

आयुर्वेदिक औषधिसँग सम्बन्धित सावधानी

कतिपय आयुर्वेदिक औषधिहरू धेरै नरम हुन्छन् र यिनीहरूको प्रयोगले व्यक्तिलाई हानी गर्ने खतरा कम हुन्छ । तर कडा डोजको औषधि गलत तरिकाले सेवन गर्दा तपाईंलाई गम्भीर हानी हुनसक्छ ।

आयुर्वेदिक औषधि सन्तुलित र उचित मात्रामा सेवन गर्दा हानिकारक हुँदैन । आयुर्वेदमा औषधि सेवनका धेरै नियम छन्, यी नियम अनुसार औषधि सेवन नगर्दा विभिन्न हानि हुन सक्छ । आयुर्वेदिक औषधि सेवन गर्नुअघि आयुर्वेदिक चिकित्सक वा वैद्यको सल्लाह पक्कै लिनुहोस् । यसो गर्नाले साइड इफेक्टबाट जोगिन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप