बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
दहचोकमा रहेको इन्द्र दहमा भक्तजनको घुइँचो (तस्बिरहरू)

दहचोकमा रहेको इन्द्र दहमा भक्तजनको घुइँचो (तस्बिरहरू)

शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित दहचोकमा रहेको इन्द्र दहमा आज (शुक्रबार) विशेष मेला लागेको छ । प्रत्येक वर्षको इन्द्रजात्राको भोलिपल्ट पूर्णिमाको दिन यो स्थानमा स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गरेको छ । यही दहमा देवराज इन्द्रले स्नान गरेको जनविश्वास छ ।

पूर्णिमाको दिन इन्द्र दहको पोखरीको पानीमा स्नान गरेर छेउमा रहेको इन्द्रको दर्शन गर्नाले जन्मजन्मको पाप नास हुने जनविश्वास पाइन्छ । 

उक्त स्थानमा इन्द्रले आफ्नो माता वसुन्धराको व्रतका लागि पारिजातको फूल टिप्न काठमाडौँ उपत्यकामा आएको समयमा सोही दहमा स्नान गरेको समयदेखि जात्रा मनाउन थालिएको स्थानीय बताउँछन् । इन्द्रले फूल चोरी गरेको अभियोगमा वसन्तपुर आसपास क्षेत्रका बासिन्दाले सजायस्वरुप इन्द्रलाई समातेर बाँधेका थिए । स्थानीयवासीले समातिएका ती व्यक्ति देवराज इन्द्र हुन् भनी थाहा भएपछि उनलाई छोडेर वर्षमा १ पटक इन्द्रजात्रा गर्ने प्रचलन सुरु भएको जनविश्वास रहेको छ ।

इन्द्र दह स्नान गरेमा चर्मरोग निको हुने, पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने बताइन्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया