पहिलो हाफमा अर्जेन्टिना स्तब्ध, मेस्सीले पेनाल्टीमा गोल गर्न सकेनन्
अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अर्जेन्टिना र इजिप्टबीचको खेलको पहिलो हाफ सनसनीपूर्ण बनेको छ। साविक विजेता अर्जेन्टिना पहिलो हाफको समाप्तिसम्म इजिप्टसँग १–० ले पछि परेको छ।
एटलान्टा स्टेडियममा भएको खेलको १५ औँ मिनेटमै इजिप्टका यासेर इब्राहिमले गोल गर्दै विश्व विजेता अर्जेन्टिनालाई स्तब्ध पारेका थिए। छोटो कर्नर रणनीतिमा मरवान अतियाको क्रसलाई इब्राहिमले हेडिङमार्फत जाली चुमाएका थिए।
डिफेन्डर लिसेन्द्रो मार्टिनेजलाई उछिन्दै इब्राहिमले गरेको उक्त गोलले इजिप्टलाई अप्रत्याशित अग्रता दिलाएको हो।
खेलको २० औँ मिनेटमा अर्जेन्टिनाले बराबरी गर्ने सुवर्ण अवसर पाएको थियो। निकोलस ताग्लियाफिकोलाई डिबक्सभित्र फाउल गरिएपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो। तर, कप्तान लियोनल मेस्सीको पेनाल्टी प्रहारलाई इजिप्टका गोलकिपर मोस्टाफा शोबेइरले उत्कृष्ट बचाउ गरे। यस विश्वकपमा मेस्सीले पेनाल्टी चुकाएको यो दोस्रो पटक हो।
पहिलो हाफभरि इजिप्टका गोलकिपर शोबेइर 'हिरो' सावित भए। उनले २९ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टारको पावरफुल हेडर र ४२ औँ मिनेटमा जुलियन अल्भारेजको प्रहारलाई अविश्वसनीय ढंगले बचाएका थिए। अल्भारेजको प्रहार बचाउँदा उनले देखाएको फुर्तीलाई खेल विश्लेषकहरूले 'विश्वकपको उत्कृष्ट बचाउ' (भनेर प्रशंसा गरेका छन्।
कप्तान मेस्सीका लागि यो खेल कीर्तिमानी भए पनि व्यक्तिगत रूपमा सुखद रहेन। आज मैदान प्रवेश गरेसँगै उनले विश्वकपको नकआउट चरणमा सबैभन्दा धेरै खेल (१४ खेल) खेल्ने मिरोस्लाभ क्लोसको कीर्तिमान बराबरी गरेका छन्।
तर, पेनाल्टी चुकाएपछि मेस्सी केही दबाबमा देखिएका थिए भने ३९ औँ मिनेटमा उनले प्रहार गरेको बल पोष्टभन्दा निकै माथिबाट बाहिरिएको थियो।
इजिप्टले पहिलो हाफमा निकै अनुशासित र आत्मविश्वासपूर्ण फुटबल पस्किएको छ। पहिलो हाफमा ५ मिनेट थप समय दिइएको थियो, जसमा अर्जेन्टिनाले गोल फर्काउन निकै दबाब दिए पनि इजिप्टले आफ्नो अग्रता कायमै राख्न सफल भयो। अहिले अर्जेन्टिना दोस्रो हाफमा खेलमा फर्कने रणनीतिमा हुनेछ भने इजिप्ट यही अग्रतालाई जोगाएर इतिहास रच्ने दाउमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
-
‘स्ट्रेट अफ होर्मुज’ नजिक दुई ट्याङ्करमाथि आक्रमण, कतारद्वारा निन्दा
-
कोशी प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताः झापाका नेपाललाई उपाधि
-
कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय
-
गोल्डेन बुटको दौडमा मेस्सी नै अगाडि, इजिप्टलाई हराएपछि मैदानमा रोए
-
७८ मिनेटसम्म २-० ले पछि परेको अर्जेन्टिनाले १३ मिनेटमा ३ गोल गरेर इजिप्टलाई घर पठायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण