बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
विश्वकप

इजिप्टले दोस्रो हाफमा गरेको गोलले मान्यता पाएन

मङ्गलबार, २३ असार २०८३, २३ : १२
मङ्गलबार, २३ असार २०८३

 अमेरिका । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अर्जेन्टिना विरुद्धको खेलमा इजिप्टले गरेको दोस्रो गोलले मान्यता पाएन । खेलको ५८ औँ मिनेटमा मोस्ताफा जिकोले गोल गर्दै इजिप्टको अग्रता २-० बनाएको खुसीयाली मनाए पनि रेफ्रीले त्यसलाई फाउल घोषित गरिदिएका हुन्।

मोहम्मद सलाहको पासमा जिकोले बललाई जाली चुमाएका थिए। तर, सो प्रहार हुनुअघि नै सलाहले अर्जेन्टिनाका मिडफिल्डर लियान्द्रो पारेडेसलाई फाउल गरेको भन्दै रेफ्रीले सिटी फुकेका थिए। भिएआरको जाँचपछि पनि उक्त गोललाई मान्यता नदिइएको हो ।
यदि यो गोलले मान्यता पाएको भए साविक विजेता अर्जेन्टिना खेलमा फर्कन निकै कठिन हुने थियो। यो निर्णयसँगै खेल अझै पनि १–० कै स्थितिमा छ र अर्जेन्टिनाले बराबरीका लागि निकै दबाब बढाइरहेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप