स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको बताएका छन् ।
शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्यमन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्न नसक्ने भन्दै दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिटै प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले दरबन्दी बढाउन नसकेसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न नसकिने अवस्था रहेको पनि बताए ।
दरबन्दी यही ढंगमा रहिरहे जतिसुकै कडा कानुन ल्याएपनि समस्या समाधान गर्न नसकिने मन्त्री बस्नेतको भनाई छ । उनले स्वास्थ्यकर्मीहरुको सुरक्षाका सन्दर्भमा सरकार गम्भीर भएर लाग्ने बताए । शान्ति सुरक्षाको हिसाबले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको उनले बताए ।
मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने बताए ।
मन्त्री बस्नेतले प्रयोगविहीन स्वास्थ्यका उपकरणलाई समुचित तरीकाले व्यवस्थापन मिलाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण