स्वास्थ्यकर्मीको दरबन्दी नबढाउँदासम्म समस्या समाधान हुँदैन : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको अभाव परिपूर्ति गर्न सरकारले काम गरिरहेको बताएका छन् ।
शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा स्वास्थ्यमन्त्री बस्नेतले एउटा स्वास्थ्यकर्मीले चार जना बराबरको काम गर्न नसक्ने भन्दै दरबन्दी थप्ने विषयमा सबैको सहमति जुटिसकेको र अब छिटै प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले दरबन्दी बढाउन नसकेसम्म स्वास्थ्य क्षेत्रको समाधान गर्न नसकिने अवस्था रहेको पनि बताए ।
दरबन्दी यही ढंगमा रहिरहे जतिसुकै कडा कानुन ल्याएपनि समस्या समाधान गर्न नसकिने मन्त्री बस्नेतको भनाई छ । उनले स्वास्थ्यकर्मीहरुको सुरक्षाका सन्दर्भमा सरकार गम्भीर भएर लाग्ने बताए । शान्ति सुरक्षाको हिसाबले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्नु सबैको दायित्व भएको उनले बताए ।
मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन परिमार्जन गरेर चिकित्सा क्षेत्रको समस्या समाधान गरिने बताए ।
मन्त्री बस्नेतले प्रयोगविहीन स्वास्थ्यका उपकरणलाई समुचित तरीकाले व्यवस्थापन मिलाइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी प्रहार गरी छिमेकीको हत्या
-
जुवातास खेलिरहेका १४ जना काठमाडौँबाट पक्राउ
-
एनसेलको कर विवादसम्बन्धी मुद्दा स्थगितको सूचीमा, अर्को पेसी फागुन १५ गते
-
सुनजस्तो देखिने धातुसहित विमानस्थलबाट दुई जना पक्राउ
-
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने तयारी, के के छन् एजेन्डा ?
-
नेताहरूले मुलुकको आर्थिक समृद्धिका लागि राम्रो काम गर्न सकेनन् : अध्यक्ष तिमिल्सिना