तत्काल माग सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिन चिकित्सक संघको निर्देशन
काठमाडौँ । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूले उठाएका माग तत्काल सम्बोधन नभए सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई सशक्त आन्दोलनमा उत्रिन आग्रह गरेको छ । संघका महासचिव डा. सञ्जिव तिवारीले शुक्रबार एक विज्ञप्ति जारी गरी माग सम्बोधन नभए आन्दोलनमा उत्रिन आग्रह गरेका हुन् ।
जारी विज्ञप्तिमा उनले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र पहिलो संशोधन ऐन २०७९ लाई लागू गर्दै उठाइएका मागहरु तत्काल सम्बोधन गर्न माग गरेका छन् ।
विज्ञप्तिमा स्वास्थ्यकर्मीका सम्पूर्ण आन्दोलनका कार्यक्रममा यस संघको समन्वयकारी र मध्यस्तकर्ताको भूमिका निर्वाह गरिरहने उल्लेख छ ।
‘गएको हप्तादेखि हेटौंडा, बुटबल, लमजुङ, मणिपाल कलेज पोखरा, विराटनगर, बगौडा अस्पताल, चितवन, पाटन अस्पताल लगायत स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, अस्पताल तोडफोड गरिएका घटनालाई लिएर देशभर सार्वजनिक भएका सम्पूर्ण आन्दोलनका कार्यक्रममा संघले यसअघि नै ऐक्यबद्धताजाहेर गरेको छ’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण