मोटरसाइकल चोरेको केही घण्टामै ललितपुरबाट ४ जना आरोपी पक्राउ
काठमाडौँ । काठमाडौँको गौशालाबाट मोटरसाइकल चोरेको केही घण्टामै प्रहरीले ललितपुरबाट चोरीको मोटरसाइकलसहित आरोपितहरूलाई पक्राउ गरेको छ । मोटरसाइकल चोरेर उपत्यका बाहिर लैजाने गिरोहका ४ जनालाई पक्राउ गरिएको ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा सर्लाहीको बागमती गाउँपालिका घर भएका २४ वर्षीय अजय मोक्तान, २७ वर्षीय सुदिप स्याङतान, हरिवन नगरपालिका घर भएका ३१ वर्षीय ध्रुव प्रसाईँ र मलंगवाका १९ वर्षीय सुमितकुमार यादव छन् ।
बिहीबार राति ११ बजेतिर ललितपुरको बागमती गाउँपालिका–३ स्थित भट्टे डाँडामा प्रहरीसँग जम्काभेट भएपछि चोरीको मोटरसाइकल लिएर उपत्यका बाहिर जाँदै गरेकाहरू भागेका थिए । चेक प्वाइन्ट छलेर भागेका ३ वटा मोटरसाइकललाई पिछा गरेर आरोपितहरूलाई पक्राउ गरिएको एसएसपी शाहले जानकारी दिए । प्रहरीले पछ्याएपछि चोरी गर्ने गिरोहले एउटा मोटरसाइकल आश्राङमा छाडेर भागेका थिए ।
प्रहरी वरिष्ठ नायव निरिक्षक माधवकुमार सिलवाल नेतृत्वको प्रहरीले बिहीबार राति बगुवास्थित खानी खोलाको जङ्गलमा लुकेर बसेको अवस्थामा अजय मोक्तान र ध्रुव प्रसाईँलाई पक्राउ गरेको हो । शुक्रवार बिहान दुई जना प्युटारस्थित होटेलबाट पक्राउ परेका हुन् । आरोपितहरूले दुई वटा मोटरसाइकल बिहीबार राति र एक थान असोज ३ मा गौशालाबाट चोरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । एउटा मोटरसाइकल ‘अनटेष्ट’ अवस्थामा बरामद गरिएको छ ।
बागमती प्रदेश–०२–०३० प ८६२९, बागमती प्रदेश–०२–०४१ प ४७२३ र लु.९५ प २४८७ नम्बरको पल्सर मोटरसाइकल प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी भट्टेडाँडाले ५ महिनाको अवधिमामा १५ वटा चोरीका मोटरसाइकल बरामद गरिएको छ । ललितपुरका एसपी शाहले मोटरसाइकल चोरीमा संलग्न गिरोहलाई पक्राउ गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण