मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
समाचार

अनमोलविरुद्ध २०७६ मा पनि परेको थियो ठगीको उजुरी

शुक्रबार, १२ असोज २०८०, १९ : ३०
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । ठगीको आरोपमा शुक्रबार काभ्रेबाट पक्राउ परेका अभिनेता अनमोल केसीविरुद्ध २०७६ मा पनि ठगीको उजुरी परेको थियो ।

फिलिमस् नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’मा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको उजुरीमा उल्लेख थियो ।

फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध  उजुरी दिएका थिए । केसीसँग श्रेष्ठ र खड्गीले ४० लाख पारिश्रमिक दिनेगरी फिल्मको सम्झौता गरेको र ५ लाख अग्रिम भुक्तानी लिएर खेल्न नमानेको आरोप थियो ।

त्यो समय फिल्मका लागि जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख थियो ।

पहिले पारिश्रमिक लिने, पछि फिल्म खेल्न नमान्ने अनमोलको यो पुरानै शैली हो । यस्तै कारणले उनले धेरै फिल्मको पारिश्रमिक समेत फिर्ता दिएका छन् ।  उनीविरुद्ध प्रहरीमा पर्दै आएको ठगीको उजुरी उनका पिता अभिनेता भुवन केसीले छलफलबाट मिलाउँदै आएका थिए ।

केही अगाडि फिल्म ‘रावायण’को खेल्न आनाकानी गरेको गसिफ मिडियामा आएको थियो । उक्त समय उनले फिल्म खेल्न हतार नगर्ने भन्दै सामाजिक संजालमा एक पोष्ट समेत गरेका थिए ।

अनमोल अहिलेका सर्वाधिक महँगा हिरो हुन् । उनलाई लिएर फिल्म बनाउन निर्माता सधैँ तयार रहन्छन् । उनको पछिल्लो समय फिल्म ‘छड्के २’ रिलिज भएको थियो ।  फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सकेन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप