अनमोलविरुद्ध २०७६ मा पनि परेको थियो ठगीको उजुरी
काठमाडौँ । ठगीको आरोपमा शुक्रबार काभ्रेबाट पक्राउ परेका अभिनेता अनमोल केसीविरुद्ध २०७६ मा पनि ठगीको उजुरी परेको थियो ।
फिलिमस् नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’मा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको उजुरीमा उल्लेख थियो ।
फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध उजुरी दिएका थिए । केसीसँग श्रेष्ठ र खड्गीले ४० लाख पारिश्रमिक दिनेगरी फिल्मको सम्झौता गरेको र ५ लाख अग्रिम भुक्तानी लिएर खेल्न नमानेको आरोप थियो ।
त्यो समय फिल्मका लागि जिम तथा एक्टिङ क्लासका लागि भन्दै अनमोलले आफूहरुको थप २ लाख ५० हजारसमेत सकेको उजुरीमा उल्लेख थियो ।
पहिले पारिश्रमिक लिने, पछि फिल्म खेल्न नमान्ने अनमोलको यो पुरानै शैली हो । यस्तै कारणले उनले धेरै फिल्मको पारिश्रमिक समेत फिर्ता दिएका छन् । उनीविरुद्ध प्रहरीमा पर्दै आएको ठगीको उजुरी उनका पिता अभिनेता भुवन केसीले छलफलबाट मिलाउँदै आएका थिए ।
केही अगाडि फिल्म ‘रावायण’को खेल्न आनाकानी गरेको गसिफ मिडियामा आएको थियो । उक्त समय उनले फिल्म खेल्न हतार नगर्ने भन्दै सामाजिक संजालमा एक पोष्ट समेत गरेका थिए ।
अनमोल अहिलेका सर्वाधिक महँगा हिरो हुन् । उनलाई लिएर फिल्म बनाउन निर्माता सधैँ तयार रहन्छन् । उनको पछिल्लो समय फिल्म ‘छड्के २’ रिलिज भएको थियो । फिल्मले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण