सन्न्यास फिर्ता लिएर फर्किएका कप्तानले जिताएको विश्वकप
काठमाडौँ । पाकिस्तानले हालसम्म एकपटक मात्र आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । पाकिस्तानले सन् १९९२ मा आयोजित पाँचौँ विश्वकपको उपाधि जितेको थियो ।
त्यो विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यतिबेला पाकिस्तानले फाइनलमा इङ्ल्यान्डलाई २२ रनले हराएको थियो ।
त्यो विश्वकपमा पाकिस्तानी टोलीका कप्तान थिए, इमरान खान । विश्वकपमा इमरान खानसँग एउटा रमाइलो घटना जोडिएको छ । खासमा विश्वकप सुरु हुनुभन्दा निकैअघि इमरान खानले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिइसकेका थिए ।
विश्वकपअघि पाकिस्तानी टोलीको नेतृत्व गर्न सक्ने उपयुक्त खेलाडी नभएपछि इमरान खानलाई नै सन्न्यास फिर्ता लिन लगाएर टोलीमा फिर्ता बोलाइएको थियो । अन्ततः सन्न्यास फिर्ता लिएर टोलीमा फर्किएका इमरान खानकै कप्तानीमा पाकिस्तानले सन् १९९२ को विश्वकप जितेको थियो ।
त्यो विश्वकपको फाइनल खेलमा इमरान खानले ७२ रन पनि बनाएका थिए । आफ्नो राष्ट्रलाई विश्वकपको एकमात्र उपाधि जिताउने इमरान खान हाल पाकिस्तानमा राजनीतिज्ञको भूमिकामा सक्रिय छन् । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण