मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सन्न्यास फिर्ता लिएर फर्किएका कप्तानले जिताएको विश्वकप

शुक्रबार, १२ असोज २०८०, २० : ०८
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । पाकिस्तानले हालसम्म एकपटक मात्र आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । पाकिस्तानले सन् १९९२ मा आयोजित पाँचौँ विश्वकपको उपाधि जितेको थियो । 

त्यो विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरेका थिए । त्यतिबेला पाकिस्तानले फाइनलमा इङ्ल्यान्डलाई २२ रनले हराएको थियो ।

 त्यो विश्वकपमा पाकिस्तानी टोलीका कप्तान थिए, इमरान खान ।  विश्वकपमा इमरान खानसँग एउटा रमाइलो घटना जोडिएको छ । खासमा विश्वकप सुरु हुनुभन्दा निकैअघि इमरान खानले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिइसकेका थिए । 

विश्वकपअघि पाकिस्तानी टोलीको नेतृत्व गर्न सक्ने उपयुक्त खेलाडी नभएपछि इमरान खानलाई नै सन्न्यास फिर्ता लिन लगाएर टोलीमा फिर्ता बोलाइएको थियो । अन्ततः सन्न्यास फिर्ता लिएर टोलीमा फर्किएका इमरान खानकै कप्तानीमा पाकिस्तानले सन् १९९२ को विश्वकप जितेको थियो । 

त्यो विश्वकपको फाइनल खेलमा इमरान खानले ७२ रन पनि बनाएका थिए । आफ्नो राष्ट्रलाई विश्वकपको एकमात्र उपाधि जिताउने इमरान खान हाल पाकिस्तानमा राजनीतिज्ञको भूमिकामा सक्रिय छन् । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री पनि हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप