मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
चिरिच्याँट्ट चक्रपथ, तस्बिरहरू हेर्नुहोस्
फोटोफिचर

चिरिच्याँट्ट चक्रपथ, तस्बिरहरू हेर्नुहोस्

शनिबार, १३ असोज २०८०

मनिष अर्याल/ नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ । चक्रपथ बिस्तार अन्तर्गतको पहिलो खण्ड कलङ्की – कोटेश्वर सडक खण्ड काठमाडौँको खुला र सुन्दर सडक मध्यमा पर्छ । सबैले चासोको साथ हेर्ने सडक लायकको बनेको छ । 

ringroad (1)

चिन सरकारले ८ लेनमा बिस्तार गरेर २०७५ सालमा हस्तान्तरण गरेको यो सडक खण्ड को दूरी १०.३९ किमी छ । बनिसकेपछि पनि धेरै त्रुटिहरू देखिए पनि यो पहिलो खण्ड नेपालको नमुना सडक मध्यमा पर्छ । 

ringroad (2)

सडकको बनावट र डिजाइन हेर्दा साँच्चै बाहिर विदेशतिरको सडक जस्तो लाग्छ । वर्षभरि को मौसम अनुसार यो सडक खण्डको स्वरुप नै बद्लिन्छ । सडक चौडा मात्र छैन, बलियो पनि छ । जमिन भासिन सक्ने ठाउँमा १५ फिटसम्म माटो झिकेर ग्राभेल भरिएको छ । 

ringroad (3)

सडक ८ लेनका भएकाले यस सडक छेउछाउमा विभिन्न बोट बिरुवा हरू लगाइएको छ । जुन ४ वटै मौसम अनुसार आफ्नो रूप फेर्ने गर्छन् । 

ringroad (4)

नयाँ वर्षसँगै ज्याकाराण्डा फुलले बाटो नै ढाकेको देख्न पाइन्छ । भर्खरै मनसुन सकिएसँगै अहिले सडक छेउछाउ हरियाली छन्। कोटेश्वर देखि बल्खु पुल सम्म सडकमा भएका बोटबिरुवाले आदि चक्रपथ हरियाली बनाइदिन्छ । 

ringroad (5)

सडक छेउ फुटपाथमा हिँड्ने सर्वसाधारण देखि सडकमा कुदाउनेहरूको आँखा सडक छेउछाउ गइहाल्छ । फराकिलो, स्तरीय र सुन्दर! कुनै विकसित देशको भन्दा कम राम्रो देखिँदैन । 

ringroad (6)

यी दृश्य हरू हेर्दा यो हाम्रो देश नभै अरू ठाउँ कै हो कि जस्तो नि लाग्न सक्ला तर हैन यो तस्बिर हरू चक्रपथ अन्तर्गत को पहिलो खण्ड कोटेश्वर– कलङ्की को हो । आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत एनसेल आजियाटा लिमिटेडले वन तथा भू–संरक्षण विभागसँगको सहकार्यमा यो सडक खण्डमा हरियाली निर्माण गरिरहेको पनि छ । हाललाई चक्रपथ बिस्तार अन्तर्गत दोस्रो खण्ड पनि गत वर्षको फाल्गुन देखि काम त सुरु भएको छ तर त्यति गति भने लिन सकेको छैन ।

ringroad (7)ringroad (8)ringroad (9)ringroad (10)ringroad (11)ringroad (12)ringroad (13)ringroad (14)ringroad (15)ringroad (16)ringroad (17)ringroad (18)ringroad (19)ringroad (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया