एमाले कोशी प्रदेश अधिवेशन : समूहगत छलफल हावाहुरी र वर्षाले प्रभावित
विराटनगर । विराटनगरमा जारी नेकपा एमालेको कोशी प्रदेशको अधिवेशन वर्षा र हावाहुरीका कारण प्रभावित भएको छ । समूहगत छलफलको क्रममा अधिवेशन स्थलको टेन्ट र ब्यानर हावाहुरीले उडाइदिएपछि कार्यक्रम रोकिएको छ ।
एमालेले १४ जिल्लाका ९९७ प्रतिनिधिलाई ७ समूहमा विभाजित गरेर अधिवेशनमा प्रस्तुत राजनीतिक,साङ्गठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल गरिरहेको थियो ।
यसअघि हिंजै प्रतिवेदनहरू अधिवेशनमा प्रस्तुत भइसकेको छ । राजनीतिक र साङ्गठनिक प्रतिवेदन कोशी प्रदेशका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले प्रस्तुत गरेका हुन् । यस्तै आर्थिक प्रतिवेदन भने एमाले आर्थिक विभागका केन्द्रीय प्रमुख पुष्प कँडेलले प्रस्तुत गरेका छन् ।
प्रतिवेदनहरुमाथि आजै छलफल पछि पारित गरेर सिधै मनोनयन दर्तामा जाने तयारी छ । अधिवेशनमा छानिने नेतृत्वको विषयमा भने एमालेमा दुईजनाले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा केन्द्रीय सदस्य घनश्याम खतिवडा र विनोद ढकाल छन् ।
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय सङ्गठन, दलित, मजदुर समेत गरी ९ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनले पाँच जना पदाधिकारीसहित २१५ सदस्यीय कमिटी निर्माण गर्नेछ ।
अधिवेशनको बन्द शत्र संचालन गर्न एमालेले केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठको संयोजकत्वमा ११ सदस्यीय अध्यक्ष मण्डल शुक्रबार नै बनाएको थियो । अध्यक्ष मण्डलका अन्य सदस्यहरूमा नेताहरू शेरधन राई, हिक्मतकुमार कार्की, अग्नि खरेल, डा।शिवमाया तुम्बाहाम्फे, राजेन्द्र गौतम, भगवती चौधरी, जगदिश कुसियैत, राम राना मगर, पर्शुराम मेघी गुरुङ र सुनिता बराल रहेका छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण