अनमोल केसी अस्पतालमा, भोलि म्याद थप गरिने
काठमाडौँ । आपराधिक विश्वासघातविरुद्धको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी प्रहरी हिरासतमा नबसेर महाराजगञ्जस्थित चिरायु अस्पतालमा भर्ना भएका छन् । एसएसपी कुमुद ढुंगेलका अनुसार ‘स्वास्थ्यमा समस्या’ देखिएपछि केसीलाई अस्पताल भर्ना गरिएको हो ।
आज बिदा भएकाले आइतबार जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइने ढुंगेलले जानकारी दिए । केसीविरुद्ध आपराधिक विश्वासघातविरुद्धको कसुरमा मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीको भनाई छ । आपराधिक विश्वासघात गरेको कसुरमा ५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ ।
अनमोल शुक्रबार भक्तपुर र काभ्रेको सिमानास्थित साँगाबाट पक्राउ परेका हुन् । रावायण फिल्मको ‘हिरो’को भूमिकामा खेल्ने सम्झौता गरेर केसीले १० लाख रुपैयाँ एडभान्स लिएका थिए । तर, उनले फिल्म खेल्न आनाकानी गर्दा आफ्नो करिब डेढ करोड लगानी डुबेको निर्माण युनिटको दाबी छ । फिल्म निर्माणमा आवश्यक अन्य विधामा निर्माण युनिटले ऋण खोजेर १ करोड ५० लाख लगानी गरेको भन्दै निर्माण युनिटले प्रहरीमा उजुरी गरेका थिए ।
उजुरी परेपछि प्रहरीले बोलाउँदा अनमोलले ‘नआउने’ बताएपछि प्रहरीले जाहेरी दर्ता गरेर उनलाई पक्राउ गरेको एसपी रेग्मीले जानकारी दिए । अनमोललाई सुरुमा टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिए पनि पछि अस्पताल पठाइएको थियो ।
यस्तै अनमोलविरुद्ध २०७६ मा पनि ठगीको उजुरी परेको थियो । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’मा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिए पनि नखेलेर ठगी गरेको उजुरीमा उल्लेख थियो ।
फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध उजुरी दिएका थिए । केसीसँग श्रेष्ठ र खड्गीले ४० लाख पारिश्रमिक दिने गरी फिल्मको सम्झौता गरेको र ५ लाख अग्रिम भुक्तानी लिएर खेल्न नमानेको आरोप थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण