कर्णालीमा एमाले अधिवेशन : राजबहादुर शाहीले लिए उम्मेदवारी फिर्ता
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका पूर्व सभामुख राजबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाहीले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।
पार्टी अध्यक्ष र महासचिवले नेतृत्व छान्ने विषय निर्देशनको हवाला दिएका कारण आफूले उम्मेदवारी फिर्ता लिएको उनले बताए।
‘पार्टी स्थायी कमिटीका सदस्यहरु र केन्द्रिय कमिटीका सदस्यहरुको मोर्चाबन्दी, श्रद्धय अध्यक्ष र महासचिवको निर्देशनको हवालासहितका कारणहरुले सर्वसम्मतिको अवस्था नरहेको, केन्द्रीय नेतृत्वको चाहाना विपरित निर्वाचित भएर पनि पार्टी निर्माणमा सकारात्मक योगदान नहुने आदि सम्भावनाहरुलाई ध्यान दिँदै मैँले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेँ’ उनले भने।
प्रदेशको ऐतिहासिक प्रथम अधिवेशनमा प्रदेश कमिटीको अध्यक्ष हुने उत्कट इच्छासहित आफूले मनोनयन दर्ता गरेको उनले बताए।
शाहीले पार्टी केन्द्रको चाहाना र आफ्नो छनोटको सार्वभौम अधिकार प्रयोग गरी नेतृत्व चयन गर्न पनि उनले नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
शाही यसअघि कर्णाली प्रदेश सभाको सभामुख थिए। उनले संघीयतापछिको पहिलो प्रदेश सभाको पूर्ण कार्यकाल नेतृत्व गरेका हुन् ।
हेर्नुहोस् पत्र :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव बेचबिखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य
-
१२ बजे १२ समाचार: सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वानदेखि मन्त्रीहरूको कामभन्दा स्टन्ट बढीसम्म
-
गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
-
सुनसरी घटनाबारे मध्यरातमा बालेनको आह्वान : ‘एकअर्कालाई प्रेम र सम्मान गरौँ’
-
बजार अनुगमनमा सक्रिय वाणिज्य विभाग
-
कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण