मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

कलंकीबाट १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद, ३ जना पक्राउ

मङ्गलबार, १२ साउन २०८३, २२ : ५६
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • काठमाडौंको कलंकीबाट सशस्त्र प्रहरीले १ लाख २० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ ।
  • यो लागुऔषध बरामद गर्ने क्रममा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ परेकाहरुले लागुऔषध ओसारपसारका लागि हात्तिगाडी प्रयोग गरेको भेटिएको छ ।

काठमाडौँ । सशस्त्र प्रहरीको ईन्जेलिजेन्स ब्युरोले काठमाडौंको कलंकीबाट ठुलो परिमाणमा लागुऔषध ट्रामाडोल बरामद गरेको छ । काठमाडौँ महानगरपालिका–१४ स्थित सिता पेट्रोलपम्प नजिकैबाट मंगलबार १२ हजार फाइल ट्रामाडोल बरामद गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले रातोपाटीलाई बताए । बरामद गरिएको क्याप्सुल सङ्ख्या १ लाख २० हजार वटा छ । 

ब्युरोबाट खटिएका टोलीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका २६ वर्षीय राकेश कुमार साह, बारा घर भएका २१ वर्षीय नौसाद अन्सारी र ओखलढुङ्गा घर भएर ललितपुर बस्ने २४ वर्षीय दिपक राई छन् । उनीहरुले लागुऔषध ओसारपसारमा टाटा कम्पनीको बिएसी ७०१७ नम्बरको हात्तिगाडी प्रयोग गरेको भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप