कोशी प्रदेश
एमाले कोशी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि आज बिहान ११ बजेपछि मतदान
आइतबार, १४ असोज २०८०, ०६ : २९

मोरङ । नेकपा एमाले कोशी प्रदेश अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज बिहान बिहान ११ देखि अपराह्न ४ बजेसम्म मतदान हुने भएको छ । प्रदेश समितिमा अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव निर्वाचित हुनेछन् । एमाले कोशी प्रदेश समिति पदाधिकारीसहित २१५ सदस्यीय हुनेछ ।
प्रदेश अध्यक्षका लागि नेताहरू विनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दर्ता गराएका छन् । ढकालको प्रस्तावकमा मुकेश बुढाथोकी र समर्थकमा महेश भट्टराई रहेका छन् । यस्तै खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् ।
अध्यक्षमा उम्मेदवारी दिएका ढकाल विराटनगर निवासी हुन् भने खतिवडा लेटाङका हुन् । एमाले कोशीको अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्
-
अनेरास्ववियुले एनसेल कार्यालय अगाडि प्रदर्शन गर्ने
-
रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
-
कामपाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण
-
जसपाको कोशी प्रदेश समितिले गर्यो जिम्मेवारी बाँडफाँट
-
रातोपाटी ब्रिफिङ : सरकार थोत्रो भइसकेको एमालेको जिकिर, प्रधानमन्त्रीले प्रस्ट्याए सरकारको धारणा