शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सवारीको नाममा नागरिकलाई सास्ती दिने काम अन्त्य हुनुपर्छ: हरिवंश आचार्य

आइतबार, १४ असोज २०८०, १० : ४४
आइतबार, १४ असोज २०८०

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिने कुराको अन्त्य हुनुपर्ने बताएका छन् ।

आज सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै उनले  अहिले पनि विशिष्ट व्यक्तिहरूको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको विरोध गरे । उनले सवारीलाई ठुलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिए । 

उनले सार्वजनिक यातायातको विकास नभइकन कुनै पनि देशमा जनताले सुख नपाउने बताए । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भए पनि नेपालले सार्वजनिक बसमा लगानी गर्न नसकेको भन्दै उनले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताए । 

उनले विरोध गर्ने ठाउँ टुँडिखेलमा ताल्चा मारेर राख्न नहुने बताए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप