अभिनाश टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने पहिलो नेपाली बलर
आइतबार, १४ असोज २०८०, १० : ५२
काठमाडौँ । अभिनाश बोहरा टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ विकेट लिने नेपालको पहिलो बलर बनेका छन् । चीनमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटमा आइतबार नेपालले माल्दिभ्सलाई हराउँदा अभिनाषले यस्तो कीर्तिमान बनाएका हुन् ।
अभिनाशकै उत्कृष्ट बलिङका कारण उक्त खेलमा नेपाल एक सय ३८ रनको विशालअन्तरले विजयी भएको थियो । लगातार दोस्रो जितसँगै नेपाल प्रतियोगिताको क्वार्टरफाइनलमा पनि पुगेको छ । अभिनाशले ३.४ ओभरमा केवल ११ रन खर्चिएर ६ विकेट लिएका हुन् ।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा नेपालले मंगोलियामाथि विश्व कीर्तिमानी जित हासिल गरेको थियो । प्रतियोगिताको क्वार्टरफाइनलमा नेपालले खेल्ने प्रतिद्वन्द्वीको टुंगो लाग्न भने बाँकी छ । सोमबारमात्र नेपालले क्वार्टरफाइनल खेल्ने प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण