समाचार
दोलखाको लामाबगरबाट थप ४ किलो सुन बरामद
आइतबार, १४ असोज २०८०, २३ : ३२

काठमाडौँ । दोलखाबाट प्रहरीले थप ४ किलो सुन बरामद गरेको छ । बिगु गाउँपालिका–१ स्थित लामा बगरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले थप ४ किलो सुन बरामद गरेको दोलखाका डिएसपी दिपक खड्काले रातोपाटीलाई बताए ।
यसअघि प्रहरीले दुई पटकमा ७ किलो सुन बरामद गरेको थियो । सुन प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिगु–१ घर भएका राज तामाङ, २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वु छिरीङ शेर्पा, ३० वर्षीया सुनमाला तामाङ र च्याङ्बा भन्ने चसमान तामाङ छन् ।
उनीहरु बिरुद्ध प्रहरीले भन्सार ऐन २०६४ तथा संगठित अपराध निवारण ऐन–२०७० बिरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सो सुन ल्याएको अनुसन्धानबाट थाहा भएको डिएसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवर्द्धनका लागि ‘स्पार्क एडेभेञ्चर’
-
कर्णाली नदीमा डुबेर दुई किशोर बेपत्ता
-
एमालेभित्र गुटगत प्रतिशोधले झडपका शृङ्खला, निसानामा नेताका टाउका !
-
गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण
-
रातो मच्छिन्द्रनाथको रथबाट खसालियो नरिवल (तस्बिरहरू)
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी