कार्यकर्ताबाटै सभापति चुन्ने व्यवस्था राख्नुपर्छ : नेता पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कार्यकर्ताले केन्द्रीय सभापति आफैँ चुन्न खोजेको हो भने सोही अनुसारको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौँमा आयोजित १४ औँ महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कार्यकर्ताले पार्टीको नेतृत्वले प्रत्यक्षमा वा समानुपातिकमा जसलाई टिकट दिन्छ, त्यसलाई सधैँभर थोपर्छ, अन्याय गर्छ भन्ने लाग्ने हो भने पार्टीभित्र प्राइमरी इलेक्शनको व्यवस्था गर्नुपर्ने बताए । उनले पार्टीका आम कार्यकर्ताले चुनेको मतदान गरेर चुनावमा उठ्न योग्य छ भन्ने व्यक्तिमात्रै उम्मेदवार हुन पाउनुपर्ने बताए ।
नेता पौडेलले पार्टीलाई समावेश पार्टीमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताए । उनले एकै प्रकारको सदस्यता बनाएर जम्मा सदस्यहरुले केन्द्रीय सभापति चुन्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।
नेता पौडेलले कांग्रेसलाई समावेश पार्टीका रुपमा रुपान्तरित गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण