ॐ शब्द नहटाउन राप्रपाले गरायो प्रतिष्ठानको ध्यानाकर्षण
आइतबार, १४ असोज २०८०, १८ : ५६
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । आइतबार राप्रपाका नेताहरुले प्रतिष्ठानका उपकुलपति भुपाल राईसँग भेटगरी शब्दकोशबाट ॐ शब्द नहटाउन आग्रह गरेको हो ।
ॐ हटाउन खोजिएको बारे सत्यतथ्य बुझ्न वरिष्ठ उपाध्यक्ष तथा संसदीय दलका उपनेता बुद्धिमान तामाङको नेतृत्वमा राप्रपाका नेताहरुले प्रतिष्ठानसँग छलफल गरेका हुन् । त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति राईले ॐ शब्द हटाउने हल्लामा कुनै सतयता नरहेको बताएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण