शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

ॐ शब्द नहटाउन राप्रपाले गरायो प्रतिष्ठानको ध्यानाकर्षण

आइतबार, १४ असोज २०८०, १८ : ५६
आइतबार, १४ असोज २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन प्रज्ञा प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । आइतबार राप्रपाका नेताहरुले प्रतिष्ठानका उपकुलपति भुपाल राईसँग भेटगरी शब्दकोशबाट ॐ शब्द नहटाउन आग्रह गरेको हो । 

ॐ हटाउन खोजिएको बारे सत्यतथ्य बुझ्न वरिष्ठ उपाध्यक्ष तथा संसदीय दलका उपनेता बुद्धिमान तामाङको नेतृत्वमा राप्रपाका नेताहरुले प्रतिष्ठानसँग छलफल गरेका हुन् । त्यस अवसरमा प्रतिष्ठानका  उपकुलपति राईले ॐ शब्द हटाउने हल्लामा कुनै सतयता नरहेको बताएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । 

r

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप