समाचार
अनमोल केसी हाजिर–जमानीमा रिहा
आइतबार, १४ असोज २०८०, २१ : ४१
काठमाडौँ । अभिनेता अनमोल केसी हाजिर जमानीमा रिहा भएका छन् । शुक्रबार पक्राउ गरिएका केसीलाई बोलाउँदा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए ।
अनमोलविरुद्ध प्रहरीले आपराधिक विश्वासघात कसुरमा अनुसन्धान गरिरहेको छ । आइतबार जिल्ला अदालत काठमाडौँले ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । आइतबार नै ३ दिन पुरा भइसकेको र उनलाई सोमबार अदालत लैजानुपर्ने अवस्था थियो । तर, प्रहरीले उनलाई त्यसअघि नै रिहा गर्ने निर्णय गरेको छ ।
अनुसन्धान अधिकृतले जिम्मा जमानीमा छाड्ने निर्णयसँगै उनी जिल्ला प्रहरी परिसर टेकुबाट रिहा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण