मेक्सिकोमा चर्चको छाना खस्दा सात जनाको मृत्यु, ३० जना पुरिएको आशङ्का
मेक्सिकोमा एउटा चर्चको छाना खस्दा सात जनाको मृत्यु भएको छ । यस्तै, भग्नावशेषमा अझै ३० जना फसेको खबर छ । यसमा केही बालबालिका पनि पुरिएको आशङ्का छ ।
मानिसलाई बाहिर निकाल्ने काम तीव्र गतिमा भइरहेको छ । स्थानीय सञ्चारमाध्यमले दश जनालाई भग्नावशेषबाट निकालेर अस्पताल लगिएको जनाएको छ । यो दुर्घटना सिउदेद मदेरोमा भएको थियो । यहाँ सान्ता क्रुज चर्चको छत खस्यो ।
तटीय प्रान्त तामौलिपासका प्रहरीले छाना खस्दा चर्चमा भएको सामूहिक प्रार्थना सभामा करिब १०० जना उपस्थित रहेको बताएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका तस्बिरमा मानिसहरूले भग्नावशेष हटाउने कोसिस गरिरहेको देखिएको छ ।
तस्बिरमा चर्च नजिकै आपत्कालीन सेवासँग सम्बन्धित व्यक्ति र गाडी देखिएको छ । भग्नावशेषमा पुरिएका मानिसको आवाज सुन्न आसपासको क्षेत्रमा शान्ति कायम राख्न अधिकारीले निर्देशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण