‘जता शक्ति उतै भक्ति’, पार्टी कार्यालयको भीड सिंहदरबार र बालुवाटार सर्यो (फोटोफिचर)
काठमाडौं– पछिल्लो समय मुलुकका दुई ठूला राजनीतिक दलका पार्टी कार्यालय सुनसान देखिन थालेका छन् ।
दैनिकजसो नेता कार्यकर्ताले भरिभराउ हुने एमाले र माओवादी केन्द्रका केन्द्रीय कार्यालय पछिल्लो केही दिनयता सुनसान जस्तै बन्न थालेका हुन् ।
बिहीबार बिहान रातोपाटीकर्मी १० देखि ११ बजेसम्म एक घण्टा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्दा कुनैपनि तहका एकजना नेता पनि आएनन् ।
नेतामात्रै होइन, अघिपछि बिहान ८ बजेबाटै भीडभाड देखिने यो कार्यालयमा कार्यकर्ता पनि कमै जाने गरेका छन् ।
एमालेको मात्रै होइन, बिहीबार बिहान कोटेश्वरस्थित माओवादी केन्द्रको कार्यालय पनि सुनसान नै देखिन्थ्यो ।
साढे ११ बजे पेरिसडााडा पुग्दा एक दुईजना कर्मचारीबाहेक कार्यलयमा अरु कोही थिएनन् ।
नेता कार्याकर्ता नगएपछि दुवै पार्टीका नेता कार्यकर्ताले गाडी राख्ने पार्किङस्थल पनि खाली देखिन्थे ।
पछिल्लो समय यी दुबै पार्टीका महत्वपुर्ण बैठक र छलफल पार्टी कार्यलय छाडेर शीर्ष नेताका निवास (बालुवाटार,खुमलटार, सिंहदरवार ) मा हुन थालेपछि नेता कार्यकर्ता पार्टी कार्यलयमा जान छोडेका हुन् ।
नेता कार्यकर्ताहरु पार्टी कार्यालयमा जाादा कसैलाई नभेटिने भएकाले सिंहदरवार, बालुवाटार र खुमलटारतिरै बढि जान थालेको बताउाछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण