राजनीति
कर्णाली एमाले पदाधिकारीमा गुलाबजङ्गको प्यानल नै निर्वाचित (मतसहित)
सोमबार, १५ असोज २०८०, २० : ५६
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदमा गुलाबजङ्ग शाहको प्यानल नै निर्वाचित भएको छ ।
अध्यक्षका उम्मेदवारद्धय मीनबहादुर शाही र प्रकाश रोकायलाई पछि पार्दै शाह ३६९ मत प्राप्त गर्दै प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् ।
शाहका प्रतिस्पर्धी शाहीले २०७ र रोकायले ४ मत मात्र पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा टेकराज पछाइ निर्वाचित भएका छन् । उनले ३४६ मत पाएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले १७६ मत प्राप्त गरेका छन् ।
सचिव पदमा ध्रुव शाही निर्वाचित भएका छन् । शाहीले ४०४ मत प्राप्त गरेका छन् । सचिवका अर्का उम्मेदवार रुद्र शाहीले १६९ मत पाएका छन् । उपसचिवमा रविन्द्र शर्मा निर्वाचित भएका छन् । शर्मा २९९ मतसहित उपसचिवमा निर्वाचित भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
-
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
-
साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण