शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

आन्दोलन चर्काउँदै राप्रपा, रवीन्द्र मिश्रसहितको कार्यदल गठन

सोमबार, १५ असोज २०८०, २१ : ३६
सोमबार, १५ असोज २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राष्ट्रसहित आफ्नो एजेण्डा स्थापित गर्ने उद्देश्यका साथ आन्दोलन गर्ने भएको छ । त्यसका लागि राप्रपाले कार्ययोजना तय गर्न लागेको छ । 

राप्रपाको सोमबार बसेको कार्यसम्पादन समितिको बैठकले महामन्त्री डा धवल शम्शेर राणाद्वारा प्रस्तुत आगामी आन्दोलन सम्बन्धी कार्ययोजनालाई अन्तिमरुप दिने निर्णय गरेको छ । 

त्यसका लागि वरिष्ठ नेता एवम् उपाध्यक्ष बुद्धिमान तामाङ, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ्ग गुरुङ र महामन्त्रीद्वय डा धवल शम्शेर राणा र कुन्ती शाही रहेको कार्यदल गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार बैठकले दैनिक उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि लगायत जनजीविकासँग सम्बन्धित विषयमा सरकारलाई गम्भीर बन्न दबाब दिने र यस सम्बन्धमा तत्काल प्रधानमन्त्रीलाई‌ ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।

यस्तै मुलुकमा व्याप्त भ्रष्टाचार, दण्डहिनता र समग्र बेथितिका विरुद्ध राप्रपाले प्रदेशस्तरीय विरोध प्रदर्शन तथा सभाको तयारी गर्न सबै प्रदेशहरुलाई निर्देशन दिने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप