चाडपर्व अवधिभर माओवादी नेता तथा कार्यकर्ताले घर क्षेत्रमा काम गर्न पाउने
काठमाडौँ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत चाडपर्वको अवधिभर घर पाइपमा जनताका काम गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले यसअघि अन्तरजिल्ला काम गर्दै आएका नेता तथा कार्यकताहरूलाई काम गर्न सजिलो बनाएको हो । भदौ १६ देखि माओवादीले विशेष रूपान्तरण तीन महिने अभियान सञ्चालन गर्दै आएको छ ।
दसैँ, तिहार र छठ पर्वमा सहभागी हुन नेता तथा कार्यकर्ताहरू काठमाडौँ लगायत देशका विभिन्न सहरबाट घर फर्किन थालेपछि कार्यक्षेत्रलाई लिएर अभियान प्रभावित नहोस् भन्नका लागि मोडालिटी परिवर्तन गरेको सचिव दीननाथ शर्माले जानकारी दिए ।
‘दसैँ, तिहार र छठ पर्वमा भाग लिन काठमाडौँ लगायत देशका विभिन्न सहरबाट नेता तथा कार्यकर्ता आ–आफ्ना घर जाने तयारी गरेका छन्’, उनले भने, ‘आफ्नो कार्य क्षेत्र होइन किन काम गर्ने भन्ने भावना आउन सक्छ । त्यही अन्योलतालाई चिर्न चाडपर्व अवधिभर आ–आफ्ना घर क्षेत्रमा गएर जनतासँग काम गर्ने गरी पार्टीले निर्णय गरेको छ ।’
बैठकमा जारी अभियानबारे सामान्य छलफल भए पनि सम्बन्धित प्रदेशको इन्चार्जको रिर्पोटसहित अर्को बैठकमा समीक्षा हुने शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाको भाग्य अब अतिरिक्त समयमा
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण