सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

चाडपर्व अवधिभर माओवादी नेता तथा कार्यकर्ताले घर क्षेत्रमा काम गर्न पाउने

मङ्गलबार, १६ असोज २०८०, १२ : ४७
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत चाडपर्वको अवधिभर घर पाइपमा जनताका काम गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले यसअघि अन्तरजिल्ला काम गर्दै आएका नेता तथा कार्यकताहरूलाई काम गर्न सजिलो बनाएको हो । भदौ १६ देखि माओवादीले विशेष रूपान्तरण तीन महिने अभियान सञ्चालन गर्दै आएको छ । 

दसैँ, तिहार र छठ पर्वमा सहभागी हुन नेता तथा कार्यकर्ताहरू काठमाडौँ लगायत देशका विभिन्न सहरबाट घर फर्किन थालेपछि कार्यक्षेत्रलाई लिएर अभियान प्रभावित नहोस् भन्नका लागि मोडालिटी परिवर्तन गरेको सचिव दीननाथ शर्माले जानकारी दिए । 

‘दसैँ, तिहार र छठ पर्वमा भाग लिन काठमाडौँ लगायत देशका विभिन्न सहरबाट नेता तथा कार्यकर्ता आ–आफ्ना घर जाने तयारी गरेका छन्’, उनले भने, ‘आफ्नो कार्य क्षेत्र होइन किन काम गर्ने भन्ने भावना आउन सक्छ । त्यही अन्योलतालाई चिर्न चाडपर्व अवधिभर आ–आफ्ना घर क्षेत्रमा गएर जनतासँग काम गर्ने गरी पार्टीले निर्णय गरेको छ ।’

बैठकमा जारी अभियानबारे सामान्य छलफल भए पनि सम्बन्धित प्रदेशको इन्चार्जको रिर्पोटसहित अर्को बैठकमा समीक्षा हुने शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप