समाचार
भूकम्पपछि बझाङकी मनिषाले जन्माइन् चौरमा बच्चा
मङ्गलबार, १६ असोज २०८०, १९ : ००
धनगढी । भूकम्पपछि बझाङमा एक महिलालाई अस्पतालको चौरमा सुत्केरी गराइएको छ ।
जिल्लालाई नै केन्द्र बिन्दु बनाएर मंगलबार दिउँसो गएको भूकम्पका कारण सुत्केरी हुन जिल्ला अस्पताल बुझाङ पुगेकी एक महिलालाई अस्पतालको चौरमा लगेर सुत्केरी गराइएको हो ।
अस्पतालका डाक्टर इन्द्र शाहका अनुसार तलकोट गाउँपालिका १ गोथीचौरकी २० वर्षीय मनिषा ऐडीले ३: २५ मिनेटमा बच्चालाई जन्म दिएकी हुन् । नर्मल डेलिभरीमार्फत बच्चालाई जन्म दिएकी मनिषा र बच्चाको अवस्था सामान्य रहेको डाक्टर शाहले रातोपाटीलाई जानकारी दिए ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दिउँसो ३ बजेर ६ मिनेटमा ६.३ रेक्टरको भूकम्प बझाङको चैनपुर आसपासमा गएको थियो।
दिउँसो २ बजेर ४० मिनेटमा पहिलो पटक बझाङको तल्कोट केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भूकम्प गएको थियो । पछि पुनः ३ बजेर ६ मिनेटमा भूकम्प गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण