धार्मिक हिंसा भड्काउन खोजेकाे आरोपमा श्रीनिवास आचार्य प्रहरी नियन्त्रणमा
विराटनगर । साम्प्रदायिक र धार्मिक हिंसा भड्काउन खोजेकाे आरोपमा प्रहरीले सुनसरी चक्रघट्टीमा बस्दै आएका श्री निवास आचार्यलाई नियन्त्रणमा लिएको छ ।
उनले केही दिन अगाडि गौहत्या गर्नेहरुलाई हत्या गर्न आव्हान गर्दै चर्को भाषण गरेका थिए । गौ हत्या गर्ने जो कोहीलाई हत्या गरेर आए त्यसको आफूले जिम्मा लिने उनको अभिव्यक्ति थियो । उनले हातमा खुकुरी बोकेर भनेका थिए, ‘गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको म सम्पूर्ण सुरक्षा गर्नेछु । राज्यले अपराधी करार गरेर समातेको खण्डमा म उसको सबै परिवारको पालन पोषण गर्छु ।’ आचार्यको उक्त अभिव्यक्ति सामाजिक संजालमा भाइरल भएको छ ।
सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविन कृष्ण भण्डारीले प्रहरी श्रीनिवासलाई प्रहरी कार्यालयमा उपस्थित गराउन नियन्त्रणमा लिइएको बताए । यसअघि आचार्य आफैँलाई गोली हानेको आरोपमा पक्राउ परेका थिए । २०७४ चैत २५ गते उनलाई गोली प्रहार भएको थियो । तर, अनुसन्धानका क्रममा आफैँले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्य पक्राउ परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण