विश्व च्याम्पियनसिपमा सहभागी हुने फुटसल टोलीको बिदाइ
मङ्गलबार, १६ असोज २०८०, २१ : ४७
काठमाडौँ । सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप फुटसल २०२३ मा सहभागी हुने नेपाली टोलीलाई निमित्त सदस्य सचिव प्रकास कुमार कुसारी ‘सम्राट’ ले राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार शुभकामना सहित नेपालको झण्डा प्रदान गरेर बिदाइ गरेका छन् ।
नेपाल स्कुल स्पोर्टस् महासंघका महासचिव राजकुमार कार्कीको नेतृत्वमा सर्विया जाने टोलीमा प्रशिक्षकमा अंकित श्रेष्ठ रहेका छन् भने खेलाडीहरुमा सैदीप दाहाल, सारांश पुरी, सुगत श्रेष्ठ, स्यामिर श्रेष्ठ, स्यायुम श्रेष्ठ, रजत श्रेष्ठ र तेन्जिङ्ग दावा लामा रहेका छन् ।
प्रतियोगिता अशोज २१ गते देखि ३० गते सम्म संचालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण