शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व च्याम्पियनसिपमा सहभागी हुने फुटसल टोलीको बिदाइ

मङ्गलबार, १६ असोज २०८०, २१ : ४७
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । सर्वियाको बेलग्रेडमा आयोजना हुने आईएसएफ वल्र्ड स्कुल च्याम्पियनसिप फुटसल २०२३ मा सहभागी हुने नेपाली टोलीलाई निमित्त सदस्य सचिव प्रकास कुमार कुसारी ‘सम्राट’ ले राष्ट्रिय खेलकुद परिषद्मा मंगलबार शुभकामना सहित नेपालको झण्डा प्रदान गरेर बिदाइ गरेका छन् । 

नेपाल स्कुल स्पोर्टस् महासंघका महासचिव राजकुमार कार्कीको नेतृत्वमा सर्विया जाने टोलीमा प्रशिक्षकमा अंकित श्रेष्ठ रहेका छन् भने खेलाडीहरुमा सैदीप दाहाल, सारांश पुरी, सुगत श्रेष्ठ, स्यामिर श्रेष्ठ, स्यायुम श्रेष्ठ, रजत श्रेष्ठ र तेन्जिङ्ग दावा लामा रहेका छन् ।

प्रतियोगिता अशोज २१ गते देखि ३० गते सम्म संचालन हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप