शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपाको पदाधिकारी बैठक सुरु

बुधबार, १७ असोज २०८०, १२ : ४४
बुधबार, १७ असोज २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको दोस्रो दिनको पदाधिकारी बैठक सुरु भएको छ । काठमाडौँको एक पाटी प्यालेसमा सुरु भएको बैठकमा संगठन निर्माण, समसामयिक राजनीतिक अवस्था लगायतको विषयमा नेताहरुले आ–आफ्नो धारणा राखि रहेका छन् ।

अध्यक्षसहित ६४ जना पदाधिकारी रहेको बैठकमा मंगलबार २२ जनाले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा शीर्ष नेताहरुले नेताहरुलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या ठूलो बनाइएको र यसलाई महाधिवेशनमार्फत छोटो छरितो बनाउने बताएका छन् ।

बैठकमा महाधिवेशन भन्दा पहिले पार्टीको विधान अधिवेशन हुने, त्यो अधिवेशनबाट संगठनको संरचना निर्माण गर्ने र सोही अनुसार महाधिवेशनबाट समिति बनाउने वरिष्ठ नेता शरतसिंह भण्डारीले बताएका थिए ।

अन्य नेताहरुले लोसपा कमजोर हुनुको कारणबारेमा समीक्षा हुनुपर्ने धारणा राखेका छन् । मंगलबार वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, सचिव मनिष मिश्र, मुकेश झा लगायतका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

आजको बैठकमा लोसपाका प्रवक्ता अभास लाभले पार्टीलाई गति दिनुपर्ने धारणा राखेका छन् । पार्टीले गरेका महत्वपूर्ण कार्यहरु जनतासमक्ष प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जानकारी दिनुपर्ने उनको धारणा थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप