लोसपाको पदाधिकारी बैठक सुरु
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीको दोस्रो दिनको पदाधिकारी बैठक सुरु भएको छ । काठमाडौँको एक पाटी प्यालेसमा सुरु भएको बैठकमा संगठन निर्माण, समसामयिक राजनीतिक अवस्था लगायतको विषयमा नेताहरुले आ–आफ्नो धारणा राखि रहेका छन् ।
अध्यक्षसहित ६४ जना पदाधिकारी रहेको बैठकमा मंगलबार २२ जनाले आफ्नो धारणा राखिसकेका छन् । बैठकमा शीर्ष नेताहरुले नेताहरुलाई व्यवस्थापन गर्न पदाधिकारी संख्या ठूलो बनाइएको र यसलाई महाधिवेशनमार्फत छोटो छरितो बनाउने बताएका छन् ।
बैठकमा महाधिवेशन भन्दा पहिले पार्टीको विधान अधिवेशन हुने, त्यो अधिवेशनबाट संगठनको संरचना निर्माण गर्ने र सोही अनुसार महाधिवेशनबाट समिति बनाउने वरिष्ठ नेता शरतसिंह भण्डारीले बताएका थिए ।
अन्य नेताहरुले लोसपा कमजोर हुनुको कारणबारेमा समीक्षा हुनुपर्ने धारणा राखेका छन् । मंगलबार वरिष्ठ नेता शरतसिंह भण्डारी, वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनल, सचिव मनिष मिश्र, मुकेश झा लगायतका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
आजको बैठकमा लोसपाका प्रवक्ता अभास लाभले पार्टीलाई गति दिनुपर्ने धारणा राखेका छन् । पार्टीले गरेका महत्वपूर्ण कार्यहरु जनतासमक्ष प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जानकारी दिनुपर्ने उनको धारणा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण