पहिरोका कारण विभिन्न स्थानमा सडक अवरोध
काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोका कारणका देशका विभिन्न स्थानमा सडक अवरोध भएको छ । ललितपुरको बाग्मती गाउँपालिका-३ भट्टेडाँडा पाङ्दुर गहिरोस्थित वर्षाको कारण मंगलबार पहिरो जाँदा कान्ति लोकपथ सडकखण्ड अवरोध भएको हो ।
यता बाग्लुङको निसिखोला गाउँपालिका-१ पाखुटे बुर्तिबाङबाट पूर्वी रुकुम जाने मध्य पहाडी लोकमार्गमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ पासाङ ल्हामु राजमार्ग स्याफ्रूवेशी–टिमुरे सडक खण्डको रुङ्गामा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ ।
मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ ठाडो खोलास्थित सडक खण्डमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । यसै गरी नवलपरासी पूर्व, बुलिङटार गाउँपालिका-१ राजवृक्षस्थित कालीगण्डकी करिडोर सडकखण्डमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ ।
पर्वतको जलजला गाउँपालिका-७ केराबारीस्थित बेनी-मालढुङ्गा सडक खण्डमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरी तथा स्याउलीभट्टी र अन्नपुर्ण गाउँपालिका-३ गुइँठेमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ ।
यता पाल्पाको तिनाउ गाउँपालिका-५ कालीमाटीस्थित सिद्धार्थ राजमार्गमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वतन्त्र पार्टीको बागमती प्रदेश अधिवेशनको चुनावी कार्यतालिका सार्वजनिक
-
प्रतिनिधि सभा बैठक |LIVE||
-
फिलिपिन्स भूकम्प : नेपाल सरकारद्वारा दुख व्यक्त, ऐक्यबद्धता प्रकट
-
रास्वपाद्वारा मधेस प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि स्थगित
-
ट्रम्प र नेतान्याहुबिच बढ्यो दूरी
-
रास्वपा बागमतीको सभापति बन्न २१ हजार तिर्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण