बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोका कारण विभिन्न स्थानमा सडक अवरोध

बुधबार, १७ असोज २०८०, १३ : २८
बुधबार, १७ असोज २०८०

काठमाडौँ । अविरल वर्षासँगै गएको पहिरोका कारणका देशका विभिन्न स्थानमा सडक अवरोध भएको छ ।  ललितपुरको बाग्मती गाउँपालिका-३ भट्टेडाँडा पाङ्दुर गहिरोस्थित वर्षाको कारण मंगलबार पहिरो जाँदा कान्ति लोकपथ सडकखण्ड अवरोध भएको हो ।

यता बाग्लुङको निसिखोला गाउँपालिका-१ पाखुटे बुर्तिबाङबाट पूर्वी रुकुम जाने मध्य पहाडी लोकमार्गमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । त्यस्तै रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ पासाङ ल्हामु राजमार्ग स्याफ्रूवेशी–टिमुरे सडक खण्डको रुङ्गामा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । 

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका-३ ठाडो खोलास्थित सडक खण्डमा मंगलबार साँझ पहिरो जाँदा सडक अवरोध भएको छ । यसै गरी नवलपरासी पूर्व,  बुलिङटार गाउँपालिका-१ राजवृक्षस्थित कालीगण्डकी करिडोर सडकखण्डमा मंगलबार राति पहिरो जाँदा सडक अवरोध भएको छ । 

पर्वतको जलजला गाउँपालिका-७ केराबारीस्थित  बेनी-मालढुङ्गा सडक खण्डमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरी तथा स्याउलीभट्टी र अन्नपुर्ण गाउँपालिका-३ गुइँठेमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ ।

यता पाल्पाको  तिनाउ गाउँपालिका-५ कालीमाटीस्थित सिद्धार्थ राजमार्गमा बुधबार पहिरो जाँदा सडक अवरोध भएको छ । पहिरो गएको स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप