एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीमा निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । विराटनगरस्थित होटेल कन्चनजंगामा आज पाँच पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका हुन् ।
निर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका इन्चार्ज रघुवीर महासेठले गराएका थिए । एमाले कोशी प्रदेशको नयाँ नेतृत्वका लागि अध्यक्षमा मोरङ लेटाङका घनश्याम खतिवडा र विनोद ढकालबिच प्रतिस्पर्धा भएको थियो ।
ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी ढकालले ४३० मत ल्याए । उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भएका छन् ।
यस्तै सचिवमा पाँचथरका राजकुमार भण्डारीले ५२४ मत ल्याएर निर्वाचित बन्दा उनका प्रतिस्पर्धी शैलेश लामाले ३८१ मत ल्याए । उपसचिवमा झापाकी जलवर्षा राजवंशीले ६२८ र खोटाङका देवान राईले ६६१० मत ल्याएर विजयी भएका छन् ।
प्रदेश कमिटीका पदाधिकारीसहित २१५ सदस्यीय कमिटीको निर्वाचनका लागि कुल ९९७ प्रतिनिधिहरू मध्ये ९७७ जनाले मतदान गरे । २० जना प्रतिनिधिहरू भने मतदानमा अनुपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितलाई घर फर्काउने सरकारको प्रयास : माग पूरा नभएसम्म नफर्किने पीडितको अडान
-
लुम्बिनी प्रदेश : मन्त्रालय घटाउने निर्णय कार्यान्वयनमा अझै समय लाग्ने
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक छनोट प्रक्रियामा मन्त्रालयको त्रुटि, आवेदन प्रक्रिया रद्द
-
सुदूरकाे बजेट पारितबारे मुख्यमन्त्री भन्छन्– एमालेसँग संवाद जारी छ, भोलिसम्म निकास निस्कन्छ
-
गणेश नेपालीकाे मृत्युपछि महानगर प्रहरी फेरि सडकमा
-
सरकारको सय दिनमा पनि भएन राजदूत नियुक्ति : आकांक्षी छनोटमै सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण