चाडबाड लक्षित अनुगमन तीव्र बनाउँदै विभाग, १६ दिनमा १२४ कम्पनीलाई जरिवाना
बुधबार, १७ असोज २०८०, १४ : १६
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडबाडमा व्यापारीमार्फत उपभोक्ता ठगिने क्रम रोक्ने लक्ष्यसहित विभागले दसैँ र तिहार लक्षित अनुगमनलाई तीव्र बनाएको हो ।
विभागले दसैँ, तिहार र छठ लक्षित गर्दै असोज १ गतेदेखि अनुगमन सुरु गरेको थियो । त्यसयता १६ दिनमा कूल १२४ वटा कम्पनी कारबाहीमा परेका छन् । यस अवधिमा विभागले ४९७ कम्पनीमा अनुगमन गरेको छ । जसमध्ये १२४ वटा कम्पनी आर्थिक कारबाहीमा परेका हुन् ।
अनुगमनका क्रममा उपभोक्ता ठगेको पाइएपछि यी कम्पनीलाई २६ लाख ७२ हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । चाडबाड लक्षित अनुगमनका लागि विभागको नेतृत्वमा १० वटा टोली फिल्डमा खटेको पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण