बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

चाडबाड लक्षित अनुगमन तीव्र बनाउँदै विभाग, १६ दिनमा १२४ कम्पनीलाई जरिवाना

बुधबार, १७ असोज २०८०, १४ : १६
बुधबार, १७ असोज २०८०

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडबाडमा व्यापारीमार्फत उपभोक्ता ठगिने क्रम रोक्ने लक्ष्यसहित विभागले दसैँ र तिहार लक्षित अनुगमनलाई तीव्र बनाएको हो ।

विभागले दसैँ, तिहार र छठ लक्षित गर्दै असोज १ गतेदेखि अनुगमन सुरु गरेको थियो । त्यसयता १६ दिनमा कूल १२४ वटा कम्पनी कारबाहीमा परेका छन् । यस अवधिमा विभागले ४९७ कम्पनीमा अनुगमन गरेको छ । जसमध्ये १२४ वटा कम्पनी आर्थिक कारबाहीमा परेका हुन् ।

अनुगमनका क्रममा उपभोक्ता ठगेको पाइएपछि यी कम्पनीलाई २६ लाख ७२ हजार रुपैयाँ जरिवाना गरिएको विभागका प्रवक्ता आनन्दराज पोखरेलले जानकारी दिए । चाडबाड लक्षित अनुगमनका लागि विभागको नेतृत्वमा १० वटा टोली फिल्डमा खटेको पोखरेलको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप