सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँ तिहारमा स्कोडाको ‘फाइभ स्टार अफर’

बुधबार, १७ असोज २०८०, १६ : ०१
बुधबार, १७ असोज २०८०

काठमाडौँ । नेपालका लागि युरोपियन कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जेले दसैंतिहारलाई लक्षित गरी स्कोडा फाइभ स्टार अफर ल्याएको छ ।  जसमा ग्राहकले स्कोडाबाट पाँच वटा फाइदा पाउन सक्नेछन् ।  स्कोडाले ग्लोबल एनसीएपीमा पाएको फाइभ स्टार रेटिङ झैं स्कोडाले फाइभ स्टार अफरमा आफ्ना ग्राहकका लागि पाँच वटा फाइदा उपलब्ध गराउनेछ । जसले स्कोडा वनरसिपलाई नयाँ उचाइमा पु¥याउनुका साथै यात्रालाई थप स्मरणीय, सुरक्षित र रोमाञ्चक बनाउने कम्पनीले जनाएको छ ।

पहिलो अफरका रुपमा स्कोडा फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित बजारमा सबैभन्दा कम ८.९९ प्रतिशत ब्याज दर उपलब्ध गराउनेछ । यसका साथै स्कोडाले एक वर्षका लागि निशुल्क इन्स्योरेन्स दिनेछ जसले हरेक यात्रालाई तनावरहित बनाउनेछ ।

यो अफरमा स्कोडा खरिदकर्ताले फाइनान्सिङमा पाँच वर्षका लागि निश्चित ८.९९ प्रतिशतको ब्याज दर, फ्रि इन्स्योरेन्स, एक्सचेन्ज बोनस, लोयल्टी बोनस र स्कोडा एसेसोरिज पाउनेछन् । 

त्यसैगरी, स्कोडाले फेस्टिभ अफरमा जुनसुकै ब्रान्डको पुरानो गाडीको सहज एक्सचेन्ज र एक्सचेन्ज बोनस पनि उपलब्ध गराउनेछ । यसका साथै, दसैंतिहारमा स्कोडा किन्ने ग्राहकले स्कोडाको जेन्युइन एसेसोरिज पाउनेछन् ।  जसले स्कोडालाई आफ्नो व्यक्तित्व सुहाउँदो र स्टाइलिस बनाउन मद्दत गर्नेछ । पुरानो स्कोडा बेचेर नयाँ स्कोडा चढ्न चाहनेका लागि एमएडब्लु एक्सपान्जेले धन्यवाद स्वरुप लोयल्टी बोनस पनि दिने कम्पनीको भनाइ छ ।

‘स्कोडाले सदा आफ्नो ग्राहकको हितलाई केन्द्रमा राख्दै आएको छ । स्कोडाको यो फाइभ स्टार अफरले सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिँदै ग्राहकलाई मूल्य, गुणस्तर र अद्वितीय अनुभवप्रति हाम्रो प्रतिबद्धतालाई प्रमाणित गर्छ,’ एमएडब्लु एक्सपान्जेका कार्यकारी निर्देशक रौनक अग्रवालले भने, ‘हामी यो अफरको फाइदा उठाउन नजिकैको स्कोडा सोरुममा आएर स्कोडाका सुरक्षित कारको टेस्ट ड्राइभ गर्न अनुरोध गर्न चाहन्छौं ।’

स्कोडाका हरेक कारमा अत्याधुनिक सुरक्षाका फिचर छन्, जसले क्र्यास टेस्ट र सेफ्टी रेटिङमा फाइभ स्टार पाएको कम्पनीको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप