नाडामा प्रि–बूक गरिएका सिट्रोनका गाडीहरू दसैँअघि नै ग्राहकहरूले पाउने
बुधबार, १७ असोज २०८०, २० : १७
काठमाडौँ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दसैँ अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ ।
भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युतीय गाडी सिट्रोन ई सी थ्रि र पेट्रोल गाडी सिट्रोन सी थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सी थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध ईभी हो ।
सांग्रिला मोटर्सका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरूले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ । जति पनि गाडीहरू नाडा अटो शोमा बूक भएका थिए तिनीहरू सबै दसैँ अगाडि नै वहाँहरूको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरूको डेलिभरी पनि सुरु गरिसकेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण