नाडामा प्रि–बूक गरिएका सिट्रोनका गाडीहरू दसैँअघि नै ग्राहकहरूले पाउने
बुधबार, १७ असोज २०८०, २० : १७

काठमाडौँ । नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दसैँ अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ ।
भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युतीय गाडी सिट्रोन ई सी थ्रि र पेट्रोल गाडी सिट्रोन सी थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सी थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मूल्यमा उपलब्ध ईभी हो ।
सांग्रिला मोटर्सका म्यानेजिङ डाइरेक्टर हेमन्त गोल्छाले भने, ‘नाडा अटो शोमा हाम्रा ग्राहकहरूले देखाउनुभएको माया र साथ प्रति हामी आभारी छौँ । जति पनि गाडीहरू नाडा अटो शोमा बूक भएका थिए तिनीहरू सबै दसैँ अगाडि नै वहाँहरूको हातमा पुर्याइसक्ने उद्देश्यले हामीले यी गाडीहरूको डेलिभरी पनि सुरु गरिसकेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने
-
विद्यार्थीहरू भर्ना अनियतता प्रकरण : नेविसंघ र क्रान्तिकारीका नेताको नाम पनि मुछियो
-
जब रन लिन दौडिरहेका ब्याट्सम्यानको खल्तीबाट मोबाइल खस्यो...
-
दराजद्वारा बेस्ट डिल अभियानको घोषणा
-
विशेष आर्थिक क्षेत्र ‘सेज’मा किन आकर्षित छैनन् उद्योगी ?
-
नीतिगत सुधारका कारण सेजमा आकर्षण बढ्दैछ