कपिलवस्तुमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु
बुधबार, १७ असोज २०८०, २० : २५
बुटवल । कपिलवस्तुमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले टोकेर घाइते भएका वाणगंगा नगरपालिका–९ भलवाडका दिदी बहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा। नेत्रबहादुर रानाले भलवाड निवासी ३ वर्षीय रीतिका क्षेत्रीको बिहान र ८ वर्षीय इशिका क्षेत्रीको साँझ उपचारको क्रममा मृत्यु भएको बताए ।
उनीहरूलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको पारिवारिक स्रोतले जनाएको छ । सर्पले टोकेको थाहा पाएपछि दुबैलाई बिहान उपचारका लागि कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिंगेमा लगिएको थियो । गोरुसिंगेबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको लागि ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण