बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु

बुधबार, १७ असोज २०८०, २० : २५
बुधबार, १७ असोज २०८०

बुटवल । कपिलवस्तुमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले टोकेर घाइते भएका वाणगंगा नगरपालिका–९ भलवाडका दिदी बहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा। नेत्रबहादुर रानाले भलवाड निवासी ३ वर्षीय रीतिका क्षेत्रीको बिहान र ८ वर्षीय इशिका क्षेत्रीको साँझ उपचारको क्रममा  मृत्यु भएको बताए । 

उनीहरूलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको पारिवारिक स्रोतले जनाएको छ । सर्पले टोकेको थाहा पाएपछि दुबैलाई बिहान उपचारका लागि कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिंगेमा लगिएको थियो । गोरुसिंगेबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको लागि ल्याइएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप