युएईका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)का लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले बुधबार युएईका अध्यक्ष शेख मोहम्मद बिन जायद अल नाहयानसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
ओहोदाको प्रमााणपत्र पेश गरेपछि युएईका राष्ट्रपतिसँग भएको शिष्टाचार भेटमा राजदूत क्षेत्रीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति नाहयानको व्यक्तिगत सुख, सुस्वास्थयका साथै युएईका जनताको निरन्तर प्रगतिको कामना गरे ।
सन् १९७७ मा नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध कायम भएयता दुवै देशबीचको सम्बन्ध सुमधुर रहेको चर्चा गर्दै राजदूत क्षेत्रीले नेपालीका निम्ति युएई आकर्षक गन्तव्य बनेको बताए । उनले नेपालीलाई अवसर प्रदान गरेकामा युएई सरकारप्रति आभार व्यक्त गरे ।
युएईका राष्ट्राध्यक्षले राजदूत क्षेत्रीको कार्यकालको सफलताको कामना गर्ने राष्ट्रपति पौडेलेको सुख, सुवास्थ्यका साथै नेपाल र नेपालीको शान्ति एवं प्रगतिको कामना गर्नुभएको अबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध
-
कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
-
४२ लाख हुन्डीको रकमसहित न्युरोडबाड दुई जना पक्राउ
-
युवा पलायन रोक्नु आजको प्रमुख चुनौती : मुख्यमन्त्री लामा
-
काईयी एक्सचेन्ज कार्निभलको समय थप
-
अपेक्षित नतिजा निस्किएको छैन, निराश हुनुपर्ने अवस्था पनि छैन : मुख्यमन्त्री कँडेल