काभ्रेका २ सहकारी संस्था मर्जर
काभ्रे । काभ्रेका २ सहकारी संस्था मर्जरमा गएका छन् । काभ्रेको पनौती नगरपालिका–४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र बनेपा–७ मा रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मर्जरमा गएका हुन् ।
बुधवार दुवै सहकारी बिच एकीकरण गर्ने सम्झौता भएको हो । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको मुख्य कार्यालयमा भएको एकीकरण सम्झौतामा दुवै संस्थाका एकीकरण कार्यदलले दुवै संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र सल्लाहकारहरू समेतको उपस्थितिका बिच एकीकरण सम्झौतामा हस्ताक्षर गरिएको थियो ।
२०५१ साल माघ १४ गते स्थापना भई १० वटा सहकारी संस्था एकीकरण भई काभ्रे, काठमाण्डौं, भक्तपुर र ललितपुरमा कार्यक्षेत्र रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको ५१ हजार शेयर सदस्य रहेका छन् । सो संस्थाको ४ अर्ब ५० करोड रुपैयाँको कुल पुँजी रहेको छ ।
२०५५ सालमा स्थापना भई ६ हजार ९०० शेयर सदस्य रहेको ज्योति बहुउद्देश्यीय सहकारी संस्थाको १ अर्ब ४० करोड रुपैयाँ कुल पुँजी रहेको छ । एकीकरण सम्झौता कार्यक्रममा जिल्ला सहकारी संघ लि.काभ्रेका अध्यक्ष दिलिप शर्माले प्रदेशकै ठुलो समुदायमा आधारित बचत तथा ऋण सहकारी संस्था बन्न सफल भएको बताए ।
सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले राज्यको कानुन, सहकारी ऐन, नियमावली तथा निर्देशनलाई अक्षरशः पालना गर्दै शेयर सदस्यहरूलाई एकीकृत संस्थाबाट दिगो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले एकीकरणको सम्झौता गरेको बताए ।
‘एकीकरणको बाधक भनेको पद हो, पद कहिले पनि स्थायी हैन त्यसैले म केही पनि पदमा छैन भन्ने सोचेर एकीकरणको छलफलमा बस्नुपर्छ, अनि मात्र एकीकरणले सार्थकता लिन सक्छ’ उनले भने ।
संस्थाको आगामी साधारण सभाबाट एकीकरणको प्रस्ताव पारित भएपश्चात् दुवै संस्थाको एकीकृत कारोबार सुरु गर्नेछन् । एकीकृत संस्थाको शेयर सदस्य सङ्ख्या ५९ हजार र कुल पुँजी ५ अर्ब ९० करोड रुपैयाँ हुनेछ भने शेयर पुँजी ४६ करोड रुपैयाँ पुग्नेछ ।
संस्थाको ऋण लगानी ४ अर्ब ६० करोड रुपैयाँ हुनेछ भने बचत निक्षेप ४ अर्ब १० करोड रुपैयाँ जगेडा कोष ४३ करोड र अन्य कोषहरू २० करोड रुपैयाँ गरी जम्मा कोष ६३ करोड रुपैयाँको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाराक ओबामाले कमला ह्यारिसका लागि मागे भोट
-
अमेरिकामा मिल्टन आँधीका कारण हालसम्म १६ जनाको मृत्यु
-
मध्य बेरुतमा इजरायली आक्रमणमा २२ जनाको मृत्यु
-
६ पटकको च्याम्पियन अस्ट्रेलियालाई पहिलो उपाधिको खोजीमा रहेको पाकिस्तानको चुनौती
-
काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधार्न दसैँ तिहारको बिचमा ‘फेस्टिभल क्याम्प’ गर्ने
-
उपेन्द्रको साथ छाडेर अशोककहाँ पुगे दीपक