एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
बुधबार, १७ असोज २०८०, २१ : २१
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ । देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो ।
टोलीमा कप्तान खनालसहित आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहोरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा छन् । रिजर्भमा प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव रहेका छन् ।
एसीसी यू–१९ प्रिमियर कप प्रतियोगिता मलेसियामा अक्टोबर १२ देखि २४ सम्म आयोजना हुँदैछ । यसमा १६ टोलीले भाग लिँदैछन् । यसबाट शीर्ष तीन टोली यू–१९ एसिया कपका लागि छनोट हुनेछन् ।
नेपाल समूह ए मा बहराइन, साउदी अरब र इरानसँग रहेको छ । नेपालले पहिलो खेलमा इरानको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण