एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
बुधबार, १७ असोज २०८०, २१ : २१

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा गरेको छ । देव खनालको कप्तानीमा नेपाली टोलीको घोषणा गरिएको हो ।
टोलीमा कप्तान खनालसहित आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहोरा, दीपक बोहरा, उत्तम थापा मगर, दीपक डुम्रे, दीपेश कँडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा छन् । रिजर्भमा प्रज्वल थापा, विपिन रावल, निर्मल गुरुङ र राजेश यादव रहेका छन् ।
एसीसी यू–१९ प्रिमियर कप प्रतियोगिता मलेसियामा अक्टोबर १२ देखि २४ सम्म आयोजना हुँदैछ । यसमा १६ टोलीले भाग लिँदैछन् । यसबाट शीर्ष तीन टोली यू–१९ एसिया कपका लागि छनोट हुनेछन् ।
नेपाल समूह ए मा बहराइन, साउदी अरब र इरानसँग रहेको छ । नेपालले पहिलो खेलमा इरानको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनसेल प्रकरणमा छलफल गर्न प्रधानमन्त्रीले बोलाए गठबन्धनको बैठक
-
प्रथम दृष्टिमै एनसेलमा अर्बौँ घोटाला भएको अनुमान गर्न सकिन्छ : महामन्त्री थापा
-
प्रदेशले दबाब बढाएपछि विधेयकको मस्यौदा पठाउन सबै मन्त्रालयलाई कानुन मन्त्रालयको ताकेता
-
यु-१९ एसिया कपमा सहभागी हुने टोलीलाई बिदाइ, तस्बिरहरू
-
बालबालिकामा देखिएको अज्ञात रोगको विषयमा छलफल
-
तीन जना मृत अवस्थामा फेला