अपडेट : सिक्किममा आएको बाढीमा परी ४३ जना बेपत्ता, उद्धार कार्य जारी
सिक्किम । वर्षाका कारण उत्तर पश्चिम सिक्किममा रहेको साउथ ल्होनाक तालबाट अप्रत्यासितरूपमा आएको बाढीका कारण कम्तीमा २३ सैनिक र सर्वसाधारणसहित ४३ जना बेपत्ता भएका छन् ।
एक अधिकारीका अनुसार राङ्पो र आसपासका क्षेत्रमा गए राति करिब तीन हजार देखि चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने जिल्लामा पाँच वटा राहत शिविर पनि खोलिएको छ ।
सिक्किमका डिस्ट्रिक्ट म्याजिस्ट्रेट टासी चोपेलका अनुसार धेरै भवन र सवारी साधनमा क्षति पुगेको, करिब २० सर्वसाधारण र २३ सैनिक हराइरहेका दुःखद् खबरहरू आएका छन् ।
उनले भने, “हामीले सेनामा २३ जना हताहत भएको बारेमा पनि सुनिरहेका छौं, जसको पुष्टि उनीहरूसँग गर्न आवश्यक छ । करिब २० स्थानीय पनि बाढीपछि सम्पर्कमा आएका छैनन् ।”
जिल्लामा पाँच वटा राहत शिविर खोलिएको र उद्धारका लागि सेनासहितका सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पुगिसकेका बताइएको छ ।
पाक्योङका डिस्ट्रिक्ट म्याजिस्ट्रेट चोपेलले भने, “राङ्पोको आईबीएम क्षेत्रमा १५० भन्दा बढी घरमा क्षति पुगेको छ भने केही मानिसको ज्यान गएको छ ।”
शैक्षिक संस्थाहरू माझीटारको सिक्किम मणिपाल इन्स्टिच्युट अफ टेक्नोलोजी र सिङटाम र राङपोको बीचमा रहेको बारदाङको एडभान्स टेक्निकल ट्रेनिङ सेन्टरमा पनि अचानक बाढी पसेको र पहिलो तल्ला जलमग्न भएको पाक्योङ जिल्लाका अधिकारीहरूले जानकारी दिएका छन् ।-(रासस/एएनआई)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण