युवालाई विदेश पलायन गराएर सुनियोजित रुपमा मुलुक रित्याउन लागियाे : अध्यक्ष केसी
बिहीबार, १८ असोज २०८०, १८ : २०
काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुलाई विदेश पलायन गराएर सुनियोजित रुपले मुलुक रित्याउन लागिएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरू विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन् । उनले नेपालमा रोजगारी दिन नसके युवाहरु बिदेसिए भनेर गोहीको आँसु चुहाउनुको अर्थ पनि नभएको बताए ।
अध्यक्ष केसीले युवाहरु बिदेसिएको सम्बन्धमा विशेष एजेण्डा बनाएर संसदमा छलफल गर्नुपर्ने बताए । यसरी नै युवापुस्ता बिदेसिए आगामी २० वर्षमा मुलुक रित्तिने बताए ।
अध्यक्ष केसीले यस विषयमा संसदमा विस्तृत छलफल गर्दै निराकरणका लागि बेलैमा शतर्क हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण