शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

युवालाई विदेश पलायन गराएर सुनियोजित रुपमा मुलुक रित्याउन लागियाे : अध्यक्ष केसी

बिहीबार, १८ असोज २०८०, १८ : २०
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले युवाहरुलाई विदेश पलायन गराएर सुनियोजित रुपले मुलुक रित्याउन लागिएको बताएका छन् ।  

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष केसीले नेपालका श्रमिक र विद्यार्थीहरू विदेश पलायन भइरहेका भन्दै त्यसलाई रोक्नुपर्ने बताएका हुन् । उनले नेपालमा रोजगारी दिन नसके युवाहरु बिदेसिए भनेर गोहीको आँसु चुहाउनुको अर्थ पनि नभएको बताए । 

अध्यक्ष केसीले युवाहरु बिदेसिएको सम्बन्धमा विशेष एजेण्डा बनाएर संसदमा छलफल गर्नुपर्ने बताए । यसरी नै युवापुस्ता बिदेसिए आगामी २० वर्षमा मुलुक रित्तिने बताए ।

अध्यक्ष केसीले यस विषयमा संसदमा विस्तृत छलफल गर्दै निराकरणका लागि बेलैमा शतर्क हुनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप