शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना फैल्याउन महासंघ र सेबोनबीच समझदारी

बिहीबार, १८ असोज २०८०, १८ : ४२
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल धितोपत्र बोर्ड (सेबोन)बीच देशभर पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना वृद्धि गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको कार्यालयमा भएको महासंघ र धितोपत्र बोर्डबीच भएको पुँजी बजार सम्बन्धी शिक्षा तथा सचेतना वृद्धि गर्ने गरी समझदारी सम्झौता भएको हो । सम्झौता पत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार सेबोनले महासंघको सहकार्यमा देशभर शेयर बजार सम्बन्धी सचेतना फैलाउने र शिक्षा प्रदान गर्नेछ । 

हस्ताक्षर कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंक,धितोपत्र बोर्ड र बीमा प्राधिकरण जस्ता नियमनकारी निकायहरुले बजारमा सकारात्मक म्यासेज दिन जरुरी रहेको बताए । उनले अहिले बैंकहरुमा ५ खर्ब पैसा रहेता पनि नियमनकारी निकायहरुको नीतिको कारण लगानी हुन नसकेको बताए । उनले अर्थतन्त्रमा समस्या आउनु शेयर बजारमा कारोबार गर्ने व्यक्ति तथा संस्थाहरुलाई दोष लगाउन नमिल्ने बताए । उनले पूजीबजारमा समस्या आउनु नियमनकारी निकाय र सरकारको नीति भएको बताए । उनले अहिलको पुँजीबजारको समस्या समाधानको लागि नियमनकारी निकाय, सरकार र लगानीकर्ताहरुको सहकार्य आवश्यक रहेको बताए । 

त्यस्तै, धितोपत्र बार्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा विकास र समृद्धि चाहने हो भने कार्यकारी प्रमुखलाई असिमित दिन नहुने बताए । उनले अधिकार भन्दा पनि पद्धतिले चल्नुपर्ने बताए । उनले कसैलाई पनि शेयर बजारमा समावेश भएको कम्पनीको शेयर बन्द गर्ने र खोल्ने अधिकार हुन नहुने बताए । उनले त्यति धेरै अधिकार दिएर अध्यक्ष बनाइयो भने संस्था ध्वस्त हुने बताए ।  

कार्यक्रममा महासंघका तीनै जना उपाध्यक्षहले शेयर बजारलाई उत्पादनमुल्क क्षेत्रका रुपमा विकास गर्न माग गरेका छन् । उनीहरुले शेयर बजारलाई उत्पादनमुलक क्षेत्र घोषणा गर्नुपर्ने पनि बताए । पछिल्लो समय पुँजी बजारलाई अनुत्पादकमुलक क्षेत्र भनेर गलत प्रचार गरिएको दाबी उनीहरुको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप