सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंककाे सर्कुलर

राष्ट्र बैंकद्वारा एकीकृत निर्देशन संशोधन, सेयर धितो कर्जाको सीमा बढ्यो (सर्कुलरसहित)

बिहीबार, १८ असोज २०८०, २१ : ०२
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको शेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमाबारे नयाँ व्यवस्था गरेको छ । जसअनुसार कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १५ करोड कायम गरिएको छ ।

यस्तै धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरुका लागि यस्तो कर्जाको अधिकतम सीमा रु २० करोड कायम गरिएको बैंकले जनाएको छ । यसअघि एकल ग्राहक कर्जा सीमा १२ करोड रहेको थियो । 

नयाँ व्यवस्थाअनुसार यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्ने राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थालाई पठाएको सर्कुलरमा उल्लेख छ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले जानकारी दिए । 

यो सहित राष्ट्र बैंकले ४३ बुँदामा आवश्यक संशोधन , परिमार्जन र थप गरेको छ ।

इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थालाई सम्बोधन गरेर राष्ट्र बैंकले पठाएको संशोधित सर्कुलरमा भनिएको छ, ‘यस बैंकबाट इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७९ मा यसैसाथ संलग्न तालिकाबमोजिम संशोधन, परिमार्जन, थप गरिएको हुँदा सोहीबमोजिम गर्नु गराउनु हुन नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ ।’

 जुन सर्कुलर यसप्रकार छः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप